News Category 2072/07/23
“चलु राजमार्ग भरु राजमार्ग” अन्तरगत भारदह र रुपनीमा धर्ना
दैनिक संवाददाता
राजविराज, २२ कात्तिक ।
मधेश मुक्तिको लागि मधेशमा विगत ८५ दिनदेखि जारी आन्दोलन अधिकार प्राप्त नभएसम्म जारी रहने मधेशी मोर्चाका नेता तथा कार्यकर्ताहरुले बताएका छन ।
“चलु राजमार्ग भरु राजमार्ग” भन्ने मुल नाराका साथ मधेशी मोर्चा सप्तरीको आयोजनामा आईतबार राजमार्ग केन्द्रित आन्दोलन कार्यक्रम अन्तर्गत सप्तरीको रुपनी र भारदहमा हजारौको सहभागितामा राजमार्गमा धर्ना तथा बिरोध सभाको आयोजना गरिएको छ ।
आन्दोलनकै कार्यक्रम अन्तर्गत आईतबार जिल्लाको विभिन्न ग्रामिण भेगबाट हजारौको सहभागितामा रुपनी र भारदह पुगेर धर्ना तथा राजमार्ग अवरुद्ध गरेका छन ।
विभिन्न ग्रामिण भेगबाट हजारौको सहभागितामा रुपनी बजार पुगेका आन्दोलनकारी तथा प्रदर्शनकारीहरुले रुपनी र भारदहमा बृहत प्रदर्शन समेत गरेको छ ।
बृहत जुलुस प्रदर्शन पश्चात् रुपनी बजार आन्दोलन परिचालन समिति संयोजक हरेराम यादवको अध्यक्षतामा आयोजित सो बिरोध सभामा पुर्व मन्त्री मृगेन्द्र कुमार सिंह यादव, संघिय समाजवादी फोरम नेपालकी केन्द्रिय उपाध्यक्ष रेणु कुमारी यादव, संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य शैलेन्द्र प्रसाद साह, सदभावना पार्टीका केन्द्रिय सदस्य दिपेन्द्र चौधरी, नेकपा (माओवादी)का केन्द्रिय सदस्य महेश प्रसाद यादव, सदभावना पार्टीका केन्द्रिय सदस्य दिनेश कुमार यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रिय सदस्य जय प्रकाश ठाकुर, फोरम नेपालका केन्द्रिय सदस्य बिनोद चौधरी, मधेशी निजामती कर्मचारी युनियनका केन्द्रिय अध्यक्ष बिनोद सिंह, मधेशी मोर्चाका नेता सत्य नारायण यादव, संघिय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश यादव, तमलोपाका जिल्ला अध्यक्ष रामप्रित यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डल, तराई मधेश सदभावना पार्टीका जिल्ला अध्यक्ष कपिलदेव यादव, नेपाल सदभावना पार्टीका जिल्ला अध्यक्ष सुबी यादव, आन्दोलन परिचालन समितिका क्षेत्रिय संयोजक लक्ष्मण यादव, रामसपाका जिल्ला सहसचिव उपेन्द्र चौधरी, महिला मंचकी केन्द्रिय कोषाध्यक्ष पुनम यादव, महिला नेतृ रमिला साह, मधेशी मोर्चाका राजविराजनगर संयोजक उमेश साह, विद्यार्थी मंचका केन्द्रिय अध्यक्ष किशोर कुमार यादव, युवा विद्यार्थी संयोजक शम्भु कुमार यादव, सहसंयोजक तारकेश्वर यादव, रामसपा युवा लिग केन्द्रिय उपाध्यक्ष मुकेश कर्ण, नेकपा (माओवादी)का भगवति यादव लगायतका बक्ताहरुले मधेशी जनताको हकअधिकार र पहिचान सुनिश्चितता नभएसम्म आर पारको लडाई जारी रहने उदघोष गर्नुभयो ।
त्यसैगरी पुर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको भारदहमा समेत नाराबाजी गर्दै बृहत बिरोध जुलुस प्रदर्शन गरिएको छ । त्यस भेगका विभिन्न गाविसका हजारौको सहभागितामा बिरोध जुलुस प्रदर्शन पश्चात बिरोध सभामा परिणत भएको थियो ।
सो बिरोध सभामा मधेशी मोर्चाका स्थानीय नेता बिरेन्द्र माझीको अध्यक्षतामा आयोजित सो बिरोध सभामा नेपाल सदभावना पार्टी गजेन्द्रवादीका केन्द्रिय अध्यक्ष विकास कुमार तिवारी, नेपाल सदभावना पार्टीका केन्द्रिय सदस्य सुरेश सिंह, सदभावना पार्टीका केन्द्रिय सल्लाहकार धर्म नारायण राय, समाजसेवी एवं बयोवृद्ध नेता सुर्य नारायण मण्डल कूरुड, संघिय समाजवादी फोरम नेपालका पुर्व अध्यक्ष मो.युसुफ अली, फोरम नेपालका सुर्यनाथ यादव सुभाष, नेकपा (माओवादी)का केन्द्रिय सदस्य छेदी यादव रंजित, सुभाष यादव लगायतका बक्ताहरुले मधेशको अधिकार प्राप्ति नभएसम्म आन्दोलन जारी रहने बताउनुभयो ।
यता पुर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको भारदह र रुपनी बजारमा रातभरी जाग्राम बसेर प्रहरीको स्कटिङमा जाने यातायातलाई अवरोध गर्ने मधेशी मोर्चा सप्तरीका संयोजक सुनिल कुमार झाले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/25 दैनिक दुई उडान प्रचार मै सीमित
- 2082/09/25 सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा र सद्भाव बढाउन झण्डा मार्च
- 2082/09/25 मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भिर
- 2082/09/24 निर्वाचनलाई लक्षित गर्दै तीन पार्टीद्वारा कार्यदल गठन
- 2082/09/23 क्यान्सर पीडित छोराका लागि यादव दम्पत्तीद्वारा सहयोगको याचना
- 2082/09/23 अस्पतालमा पुनः एचडियु र एनआईसियु सेवा संचालन
- 2082/09/23 दुई पालिकामा न्यानो कम्बल वितरण
- 2082/09/22 प्रमुख र उपप्रमुखको विवादमा कञ्चनरुप नगरपालिकाको प्रशासनिक तथा नीतिगत प्रक्रिया अवरुद्ध
- 2082/09/22 दुई क्षेत्रबाट उम्मेदवारी सिफारिस भएका नेकपा नेता जसपा नेपालमा प्रवेश
- 2082/09/22 कैदीबन्दीद्वारा चौकिदारमाथी अनियमितताको आरोप
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ