News Category 2072/07/24
भारदह र रुपनीमा प्रदर्शनकारीमाथी प्रहरीद्वारा लाठीचार्ज, दर्जनौं घाइते
दैनिक संवाददाता
राजविराज, २३ कात्तिक ।
पूर्व–पश्चिम राजमार्ग अन्तरगत सप्तरीको भारदह र रुपनीमा आइतबारराति प्रहरीले प्रदर्शनकारीमाथी लाठी चार्ज गरेको छ ।
सो क्षेत्र हुँदै स्थानीय प्रशासनले यातायातका साधनहरुलाई गन्तव्यसम्म पु¥याउने उद्देश्यले गरेको स्कर्टिङको समयमा राती ११ बजे सवारीसाधनलाई रोक्ने खोज्दा प्रहरीले लाठी चार्ज गरेको हो ।
आइतबार दिउँसोदेखी ती स्थानहरुमा मधेशी मोर्चा सप्तरीका नेता कार्यकर्ताहरु बिरोध सभा गरेर धर्नामा बसेका थिए । धर्नामा बसेका सयौं नेता–कार्यकर्ताहरुलाई राजमार्गबाट प्रहरीले राती हटाउन खोज्दा भारदह र रुपनीमा सो लाठी चार्ज भएको भएको हो ।
राजमार्गमा धर्ना बसेका मधेसी मोर्चाका प्रदर्शनकारीलाई हटाउने क्रममा भारदहमा ५ राउण्ड अश्रु ग्यास समेत प्रहरीले प्रहार गरिएको थियो । यस्तै रुपनी र भारदहमा प्रहरीले गरेको लाठी चार्जबाट दुई दर्जन बढी घाईते भएको र घाईते मध्येका मोर्चा नेता अशोलाल यादवको अवस्था गम्भिर रहेको मधेसी मोर्चाले दाबि गरेको छ । उनको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचार भइरहेको छ ।
यता प्रहरीले भारदहबाट ६ र रुपनीबाट १७ जना मोर्चाका केन्द्रिय तथा जिल्ला स्तरीय नेताहरुलाई पक्राउ गरेको सप्तरी प्रहरीका प्रवक्ता डीएसपी नारायणप्रसाद चिमरियाले जानकारी दिनुभयो ।
रुपनीबाट पक्राउ पर्नेहरुमा पूर्व कृषि मन्त्री एवं मोर्चा नेता मृगेन्द्रसिंह यादव, फोरम नेपालका केन्द्रिय सदस्य शैलेन्द्रप्रसाद साह, सप्तरी अध्यक्ष दिनेश यादव, सद्भावना पार्टीका केन्द्रिय सदस्यद्वय दिपेन्द्र चौधरी र दिनेशकुमार यादव, विद्यार्थी मञ्चका केन्द्रिय अध्यक्ष किशोरकुमार यादव, मातृक माओवादीका केन्द्रिय सदस्य महेश यादव, मोर्चा नेताहरु सत्यनाराय यादव, नवनीत झा, फणिकान्त झा, लक्ष्मण यादवसहित १७ जना नेता प्रहरी हिरासतमा रहेको डीएसपी चिमरियाले जानकारी दिनुभयो ।
यस्तै भारदहबाट प्रहरीले राष्ट्रिय मधेस समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष शेखरकुमार सिंह, सप्तरी उपाध्यक्ष सतिशकुमार सिंह, नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका केन्द्रिय अध्यक्ष विकास तिवारी, मोर्चा नेता श्यामदेव यादवसहित ८ जनालाई नियन्त्रमा लिएको छ ।
गत भदौ २३ गते सप्तरीको भारदहमा प्रहरीको गोली लागेर पोर्ताहाका रामकृष्ण राउतको मृत्यु भएपछि स्थानीय प्रशासनले अनिश्चितकालिन सप्तरीस्थित राजमार्ग क्षेत्रलाई साँझ ६ देखि बिहान ७ बजेसम्मकालागि दंगाग्रस्त क्षेत्र घोषणा गरेको छ ।
यता मधेसी मोर्चा सप्तरीले पछिल्लो केही दिनदेखि राजमार्ग ठप्प पार्ने गरी संघर्षका कार्यक्रमहरु गर्दैआएको छ ।
यसैबीच नेकपा (माओवादी) का अध्यक्ष मातृका प्रसाद यादव सोमबार राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा घाइतेहरुको स्वास्थ्य अवस्था बुझ्न आउनु भएको थियो । उहाँले घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको पार्टीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/10 जेष्ठ नागरिक तथा अशक्त भएकाहरुको घरमै पुगेर सामाजिक सुरक्षा कार्ड नविकरण
- 2082/05/10 तिलाठी कोइलाडीले अब जिताको पानी किसानहरुको खेतमा पु¥याउँदै
- 2082/05/09 जेठानीको कुटाईबाट देवरानीको पाँच महिने गर्भ तुहियो
- 2082/05/09 वैदेशिक रोजगारीमा मलेशियामा रहेका रुपनीका एक युवकको मृत्यु
- 2082/05/09 मधेस प्रदेश सरकारद्वारा सुरक्षा निकायलाई सवारी साधन हस्तान्तरण
- 2082/05/08 खडेरीको मारमा परेका किसानलाई लक्षित गरि खाडोको पानी बाधेर खेत खेतमा पु¥याइयो
- 2082/05/08 महिला संघ सप्तरीकी पहिलो अध्यक्ष पुष्पाको निधन
- 2082/05/08 चन्द्रनहरमा डुबेर एक जनाको मृत्यु
- 2082/05/06 नगरपालिका र संर्घष समितीबीच दुई बुंदे सहमति पश्चात् आन्दोलन स्थगित
- 2082/05/06 वर्तमान राजनीतिक अवस्था आर्थिक दिवालियापनको स्थितिमा पुगेको राष्ट्रिय मुक्ति पार्टीको ठहर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ