News Category 2072/07/24
मधेशी मोर्चाद्वारा प्रहरी रबैयाको भत्र्सना
दैनिक संवादादाता
राजविराज, २३ कात्तिक ।
मधेशमा जारी शान्तिपुर्ण आन्दोलनको क्रममा आइतबारराति सप्तरीको रुपनी र भारदहमा भएको घटनाको मधेशी मोर्चा सप्तरीले घोर भत्र्सना गरेको छ ।
मोर्चाका सुचना तथा संचार समितिका संयोजक अमरनाथ मण्डलद्वारा जारी विज्ञप्तीमा मोर्चाको शान्तिपुर्ण आन्दोलनलाई सम्बोधन गर्नुको सट राज्यपक्ष निरन्तर दमनमा उत्रेको उल्लेख गरिएको छ ।
हस्ताक्षरित विज्ञप्तीमा सोही क्रममा पछिल्लो पटक प्रहरीले राति जिल्लाको रुपनी तथा भारदहमा शान्तिपुर्ण आन्दोलनको क्रममा धर्नामा बसेको मधेशी निहत्था जनतामाथि बर्बरतापुर्वक ढंगले लठी र अश्रृ ग्याँस प्रहार गरी डेढ दर्जनलाई घाईते बनाउनुका साथै दुई दर्जनलाई पक्राउ गरेको घटनाको घोर भत्सर्ना गरेको छ ।
वर्तमान सरकारले निरंकुशताको पराकाष्ठा नाघेर मानव नरसंहार उत्रेको वर्तमान शाषकको निरन्तरको अमानविय क्रियाकलाप र दमनको मोर्चा घोर निन्दा र भत्सर्ना गर्दै अधिकार प्राप्तिको निर्णायक र शान्तिपुर्ण आन्दोलनमा शासक वर्गले गर्ने हरेक खाले दमनको साहसपुर्वक समाना गर्दै हामी अझ उत्साह, सशक्त र एक जुटताका लागि सदन देखि सडक सम्मको आन्दोलनको आन्दोलनमा होमिएको जनाएको छ ।
मधेशमा विगत ८७ औं दिन देखि मधेशमा जारी अभुतपुर्व आन्दोलनले लक्ष्य र अधिकार प्राप्त नगरेसम्म जारी हरने उदघोषका साथ जारी निर्णायक आन्दोलनलाई अझ सशक्त र निष्कर्णमा पुयाउन आम जनसमुदायको सदा झै निरन्तर सहयोग, सदभाव र सक्रिय सहभागिता कायम रहने अपेक्षा समेत गरिएको छ ।
साथै प्रहरीको लाठीबाट आधा दर्जन प्रदर्शनकारी घाईते भएको तथा दुई दर्जन आन्दोलनलाई प्रहरीले पक्राउ गरेको घटनाको मधेशी मोर्चाले घोर भत्सर्ना गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको समेत कामना विज्ञप्ती मार्फत गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
- 2082/11/15 पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
- 2082/11/14 शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
- 2082/11/13 निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ