News Category 2072/07/24
रामसपाद्वारा प्रहरी दमनको बिरोध
दैनिक संवाददाता
राजविराज, २३ कात्तिक ।
राष्ट्रिय मधेश समाजवादी पार्टीले मधेशमा जारी शान्तिपूर्ण आन्दोलनलाई सम्बोधन गर्नुको सट्टा राज्यपक्ष निरन्तर दमनमा उत्रेको आरोप लगाएको छ ।
पार्टीका सप्तरी जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डलद्वारा सोमबार जारि ज्ञिवप्तिमा आइतबार बेलुका सप्तरीको रुपनी तथा भारदहमा शान्तिपूर्ण आन्दोलनको क्रममा धर्नामा बसेको निहत्था मधेशी जनतामाथि बर्बरतापूर्ण ढंगबाट प्रहरीले लठ्ठी र अश्रुग्यास प्रहार गरी डेढ दर्जनलाई घाइते बनाएका जनाइएको छ ।
घाइते हुनेहरुमा तेजनारायण सिपलिया, जिल्ला सदस्य, हरिनारायण वरियत, गाउँ कमिटि सदस्य, रविन सिंह, गाउँ कमिटि सदस्य, विजय कुमार मण्डल, गाउँ कमिटि सचिव, सिपैत सिंह, गाउँ कमिटि सचिव, मुसहरु राम, गाउँ कमिटि सदस्य, संजय मण्डल, क्षेत्रिय सदस्य, हरि सुतिहार, क्षेत्रिय सदस्य, रोशन मण्डल, युवा सदस्य, दामोदर सरहान, गाउँ कमिटि अध्यक्ष, संजय महरा, गाउँ कमिटि सदस्य रेहका छन् ।
विज्ञप्तिमा निरंकुशताको पराकाष्ठा नाघेर मानव नरसंहार उत्रेको वर्तमान शाषकको निरन्तरको अमानवीय क्रियाकलाप र दमनको पार्टीले घोर निन्दा र भत्र्सना गरिएको छ ।
विज्ञप्तिमा पार्टीका राष्ट्रिय उपाध्यक्ष शेखर कुमार सिंह, जिल्ला उपाध्यक्ष सतिश कुमार सिंह, जिल्ला सचिव तेजनारायण यादव, जिल्ला सदस्य कौशल मण्डल पक्राउ गरी रातभर थुनामा राखिएको तथा पार्टीका एक दर्जन भन्दा बढी कार्यकर्ता घाईते बनाएको उल्लेख छ ।
अधिकार प्राप्तिको निर्णायक र शान्तिपूर्ण आन्दोलनमा शासक वर्गले गर्ने हरेक खाले दमनको साहसपूर्वक सामना गर्दै अझ उत्साह, सशक्त र एकजुटताका साथ सदनदेखि सडक सम्मको आन्दोलनको आन्दोलनमा होमिएका विज्ञप्तिमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/07 सप्तरीका दुई कार्यालयमा तालाबन्दी, व्यक्ति व्यक्तिले चिठी बिक्रि गरेको भन्दै शिक्षा विकास इकाई कार्यालय सप्तरीमा तालाबन्दी
- 2082/01/06 ५६ बोट बिरुवाहरु रोपेर नेवि संघले मनायो स्थापना दिवस
- 2082/01/06 राष्ट्रिय मुक्ती पार्टी नेपालको सप्तरीमा संगठन विस्तार अभियान सुरु
- 2082/01/05 विकास निर्माण कार्यलाई तिब्रता दिन सुझाव
- 2082/01/04 छिमेकीद्वारा विदेशमै ठगिएपछी नजिबुल्लाको परिवार विचल्लीमा परिवार विचल्लीमा
- 2082/01/03 पूजा रामको हत्या भएको भन्दै परिवारजनले दिए प्रहरीमा जाहेरी
- 2082/01/03 शोभायात्रा माथि आक्रमण गर्ने अपराधीलाई कडा कारवाहीको माग
- 2082/01/02 सुख, समृद्धि र शान्तिको लागि दीप प्रज्वलन
- 2082/01/02 ऐतिहासिक शम्भुनाथ मेला सुरु
- 2082/01/02 दुई महिनापछी सकुशल भेटिए रोशनी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ