News Category 2072/07/24
रामसपाद्वारा प्रहरी दमनको बिरोध
दैनिक संवाददाता
राजविराज, २३ कात्तिक ।
राष्ट्रिय मधेश समाजवादी पार्टीले मधेशमा जारी शान्तिपूर्ण आन्दोलनलाई सम्बोधन गर्नुको सट्टा राज्यपक्ष निरन्तर दमनमा उत्रेको आरोप लगाएको छ ।
पार्टीका सप्तरी जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डलद्वारा सोमबार जारि ज्ञिवप्तिमा आइतबार बेलुका सप्तरीको रुपनी तथा भारदहमा शान्तिपूर्ण आन्दोलनको क्रममा धर्नामा बसेको निहत्था मधेशी जनतामाथि बर्बरतापूर्ण ढंगबाट प्रहरीले लठ्ठी र अश्रुग्यास प्रहार गरी डेढ दर्जनलाई घाइते बनाएका जनाइएको छ ।
घाइते हुनेहरुमा तेजनारायण सिपलिया, जिल्ला सदस्य, हरिनारायण वरियत, गाउँ कमिटि सदस्य, रविन सिंह, गाउँ कमिटि सदस्य, विजय कुमार मण्डल, गाउँ कमिटि सचिव, सिपैत सिंह, गाउँ कमिटि सचिव, मुसहरु राम, गाउँ कमिटि सदस्य, संजय मण्डल, क्षेत्रिय सदस्य, हरि सुतिहार, क्षेत्रिय सदस्य, रोशन मण्डल, युवा सदस्य, दामोदर सरहान, गाउँ कमिटि अध्यक्ष, संजय महरा, गाउँ कमिटि सदस्य रेहका छन् ।
विज्ञप्तिमा निरंकुशताको पराकाष्ठा नाघेर मानव नरसंहार उत्रेको वर्तमान शाषकको निरन्तरको अमानवीय क्रियाकलाप र दमनको पार्टीले घोर निन्दा र भत्र्सना गरिएको छ ।
विज्ञप्तिमा पार्टीका राष्ट्रिय उपाध्यक्ष शेखर कुमार सिंह, जिल्ला उपाध्यक्ष सतिश कुमार सिंह, जिल्ला सचिव तेजनारायण यादव, जिल्ला सदस्य कौशल मण्डल पक्राउ गरी रातभर थुनामा राखिएको तथा पार्टीका एक दर्जन भन्दा बढी कार्यकर्ता घाईते बनाएको उल्लेख छ ।
अधिकार प्राप्तिको निर्णायक र शान्तिपूर्ण आन्दोलनमा शासक वर्गले गर्ने हरेक खाले दमनको साहसपूर्वक सामना गर्दै अझ उत्साह, सशक्त र एकजुटताका साथ सदनदेखि सडक सम्मको आन्दोलनको आन्दोलनमा होमिएका विज्ञप्तिमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ