News Category 2072/07/30
मधेशलाई छुट्टै स्वतन्त्र तराई बनाउने आन्दोलनमा लागौं ः डा. सीके राउत
दैनिक संवाददाता
राजविराज, २९ कात्तिक ।
स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सि.के राउतले मधेशलाई छुट्टै स्वतन्त्र तराई बनाउन आन्दोलनमा लाग्न सम्पुर्ण मधेशी जनसमुदायसँग अनुरोध गर्नुभएको छ ।
मधेशी ईन्जिनियरिङ्ग विद्यार्थी एशोसिएशनको आयोजनामा आईतबार राजविराजस्थित पवि उच्च माविको विद्यालय प्राङ्गणमा आयोजित मधेश प्रिमियर लिगको फाईनल खेलको समापन्न समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले सो अनुरोध गर्नुभएको हो ।
प्रमुख अतिथिको आसन्नबाट बोल्नुहुँदै डा.राउतले मधेशमा विगत ९२ दिनदेखि आन्दोलन जारी रहँदा पनि वर्तमान सरकार मौन रहेको बताउँदै भन्नुभयो, “अब मधेशी जनताहरुले धेरै भिख माँगिसकेका छन्, अब सम्पुर्ण मधेशी जनताहरुलाई स्वतन्त्र मधेशको झण्डा उठाउँनुपर्छ ।”
उहाँले भन्नुभयो, “जुन ब्यक्तिहरुले नेपालीहरुको गुलामी गर्न चाहदैन, उनीहरुका लागि स्वतन्त्र तराईको झण्डा, पर्चा, पप्पलेट आदि खुल्लेआम उपलब्ध छ ।”
उहाँले मधेशलाई स्वतन्त्र तराईको आजादीका लागि गुलामीको जंजिर तोडी मधेश तराईलाई आजादी दिनका लागि स्वतन्त्र तराईको पक्षमा लाग्न अनुरोध समेत गर्नुभयो ।
एक अर्को प्रसङ्गणमा उहाँले वर्तमान आन्दोलनबाट खासै उपलब्धि नपाएको भन्दै अब मधेशलाई छुटै स्वतन्त्र देश बनाउनका लागि सम्पुर्ण तराईबासीहरुलाई आन्दोलन गर्नुपर्नेमा जोड दिनुभयो ।
मधेश प्रिमियर लिगको फाईनल खेलको समापन्न समारोहमा विद्यार्थी मंचका केन्द्रिय अध्यक्ष किशोर कुमार यादव, युवा विद्यार्थी मोर्चाका सहसंयोजक तारकेश्वर प्रसाद यादव, उम्देश्वर साह, नेपाल सदभावना पार्टी गजेन्द्रवादीकी केन्द्रिय सदस्य सावृत्रि पण्डित, समाजसेवी सुर्य नारायण यादव लगायतकाहरुको उपस्थिति रहेको थियो ।
यसैबिच सोही मधेश प्रिमियर लिगमा उम्देश्वर साहका छोरा अमेरिकामा बस्दै आउँनुभएका सत्येन्द्र साहले ५० हजार आर्थिक सहयोग प्रदान गरेको मधेशी ईन्जिनियरिङ्ग विद्यार्थी एशोसिएशनका संयोजक ई.संजिव नारायण यादवले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
- 2082/11/15 पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
- 2082/11/14 शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
- 2082/11/13 निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ