News Category 2072/07/30
अध्यक्षले मनोमानी गरेको भन्दै पत्रकार महासंघमा तालाबन्दी
दैनिक संवाददाता
राजविराज, २९ कात्तिक ।
नेपाल पत्रकार महासंघ सप्तरी शाखाका निर्वतमान अध्यक्ष प्रकाश खतिवडा लगायत जिम्मेवार पदाधिकारीहरुको बिद्यान बिपरितको क्रियाकलाप र मनोमानीका कारण आईतबार महासंघ शाखाको मुलगेटमा तालाबन्दी गरिएको छ ।
नेपाल पत्रकार महासंंघ सप्तरी शाखाका कार्यशैली बिरुद्धको संघर्ष समितिले सो तालाबन्दी गरेको हो ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीमा बिगत आठ महिना बढीदेखि बिवाद चल्दै आएको तथा बिद्यान अनुसार दर्ता भएको ‘अविश्वास प्रस्ताव’ नियम अनुसार ३५ दिन भित्र टेबुल गर्ने आँट समेत तत्कालिन अध्यक्ष प्रकाश खतिवडाले नगरेपछि उनीसँग दुई तिहाईको बिश्वास नरहेको प्रष्ट भएको जनाउँदै अध्यक्ष खतिवडा उपरको अविश्वास प्रस्ताव पारित भएको ठहरका साथ अध्यक्ष पद रिक्त भएको ठहर गरिएको छ ।
अध्यक्ष पद रिक्त हुँदा बिद्यान अनुसार उपाध्यक्ष स्वतः कार्यबाहक हुने र काम कारवाही अगाडी बढाउने अवस्थामा उपाध्यक्षले पूर्व सभापतिहरु समक्ष समेत पटक–पटक प्रतिवद्धता जनाएपनि कार्यसमितिको बैठकसम्म गर्न नसकेपछि हामी बिलखबन्धमा परेको अवस्थामा आईतबार बसेको संघर्ष समितिको बिस्तारित बैठकको निर्णय अनुसार दुई तिहाई सदस्यको विश्वास गुमाई सकेका अध्यक्ष खतिवडा तथा लामो समयकालागि बैदेशिक रोजगारमा गई सकेका दुई जना कार्यसमिति सदस्यहरु अम्बिका दाहाल र रामनारायण यादव सहित तीन पदको पूर्ती नभएसम्मका लागि शाखामा तालाबन्दी गरिएको जनाइएको छ ।
बिगतमा भएको तालाबन्दी खुलाउन शाखाका पूर्व सभापतिहरुको पहललाई संघर्ष समितिले उच्च सम्मानका साथ आत्मसात गरेको थियो तर, उहाँहरुको पहललाई शाखा सभापति एवं जिम्मेवार पदाधिकारीहरुले लत्याएको छर्लङ्गै भईसकेको नेपाल पत्रकार महासंंघ सप्तरी शाखाका कार्यशैली बिरुद्धको संघर्ष समिति, सप्तरीका संयोजक जितेन्द्र खडगाद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
हस्ताक्षरित विज्ञप्तीमा वर्तमान कार्यसमितिका अधिकांश पदाधिकारीहरुको उपस्थितीमा शाखाका तत्कालिन अध्यक्ष खतिवडाले सार्वजनिक रुपमै पूर्व सभापतिहरुको निर्देशन एवं सुझावलाई स्वीकार गर्ने र तत्अनुरुप महासंघमा सुधार गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।तर, सुझाव अनुसार भदौ मसान्त भित्र साधारण सभाको आयोजना नगरेको, अध्यक्षले बिगतमा गरेको अवैधानिक गतिबिधीलाई सुधार्ने तर्फ कुनै कदम नचालेको, महासंघका करिव रु. पाँच लाख भन्दा बढी मूल्यको जिन्सी तथा नगद हिनाभिना गरेको कार्यहरुमा सुधार ल्याउने तर्फ कुनै पहलकदमी नदेखाएको जनाईएको छ ।
साथै यसरी पूर्व सभापतिहरुको सुझावलाई पालना नगरेपछि बिधान अनुसार शाखामा कायम सदस्य संख्याको दुई तिहाई बहुमत सदस्यहरुको हस्ताक्षर सहित तत्कालिन अध्यक्ष प्रकाश खतिवडा उपर गत असोज १५ गते अविश्वास प्रस्ताव शाखामा दर्ता गराईएको उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
- 2082/11/15 पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
- 2082/11/14 शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
- 2082/11/13 निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ