News Category 2072/07/30
अध्यक्षले मनोमानी गरेको भन्दै पत्रकार महासंघमा तालाबन्दी
दैनिक संवाददाता
राजविराज, २९ कात्तिक ।
नेपाल पत्रकार महासंघ सप्तरी शाखाका निर्वतमान अध्यक्ष प्रकाश खतिवडा लगायत जिम्मेवार पदाधिकारीहरुको बिद्यान बिपरितको क्रियाकलाप र मनोमानीका कारण आईतबार महासंघ शाखाको मुलगेटमा तालाबन्दी गरिएको छ ।
नेपाल पत्रकार महासंंघ सप्तरी शाखाका कार्यशैली बिरुद्धको संघर्ष समितिले सो तालाबन्दी गरेको हो ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीमा बिगत आठ महिना बढीदेखि बिवाद चल्दै आएको तथा बिद्यान अनुसार दर्ता भएको ‘अविश्वास प्रस्ताव’ नियम अनुसार ३५ दिन भित्र टेबुल गर्ने आँट समेत तत्कालिन अध्यक्ष प्रकाश खतिवडाले नगरेपछि उनीसँग दुई तिहाईको बिश्वास नरहेको प्रष्ट भएको जनाउँदै अध्यक्ष खतिवडा उपरको अविश्वास प्रस्ताव पारित भएको ठहरका साथ अध्यक्ष पद रिक्त भएको ठहर गरिएको छ ।
अध्यक्ष पद रिक्त हुँदा बिद्यान अनुसार उपाध्यक्ष स्वतः कार्यबाहक हुने र काम कारवाही अगाडी बढाउने अवस्थामा उपाध्यक्षले पूर्व सभापतिहरु समक्ष समेत पटक–पटक प्रतिवद्धता जनाएपनि कार्यसमितिको बैठकसम्म गर्न नसकेपछि हामी बिलखबन्धमा परेको अवस्थामा आईतबार बसेको संघर्ष समितिको बिस्तारित बैठकको निर्णय अनुसार दुई तिहाई सदस्यको विश्वास गुमाई सकेका अध्यक्ष खतिवडा तथा लामो समयकालागि बैदेशिक रोजगारमा गई सकेका दुई जना कार्यसमिति सदस्यहरु अम्बिका दाहाल र रामनारायण यादव सहित तीन पदको पूर्ती नभएसम्मका लागि शाखामा तालाबन्दी गरिएको जनाइएको छ ।
बिगतमा भएको तालाबन्दी खुलाउन शाखाका पूर्व सभापतिहरुको पहललाई संघर्ष समितिले उच्च सम्मानका साथ आत्मसात गरेको थियो तर, उहाँहरुको पहललाई शाखा सभापति एवं जिम्मेवार पदाधिकारीहरुले लत्याएको छर्लङ्गै भईसकेको नेपाल पत्रकार महासंंघ सप्तरी शाखाका कार्यशैली बिरुद्धको संघर्ष समिति, सप्तरीका संयोजक जितेन्द्र खडगाद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
हस्ताक्षरित विज्ञप्तीमा वर्तमान कार्यसमितिका अधिकांश पदाधिकारीहरुको उपस्थितीमा शाखाका तत्कालिन अध्यक्ष खतिवडाले सार्वजनिक रुपमै पूर्व सभापतिहरुको निर्देशन एवं सुझावलाई स्वीकार गर्ने र तत्अनुरुप महासंघमा सुधार गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।तर, सुझाव अनुसार भदौ मसान्त भित्र साधारण सभाको आयोजना नगरेको, अध्यक्षले बिगतमा गरेको अवैधानिक गतिबिधीलाई सुधार्ने तर्फ कुनै कदम नचालेको, महासंघका करिव रु. पाँच लाख भन्दा बढी मूल्यको जिन्सी तथा नगद हिनाभिना गरेको कार्यहरुमा सुधार ल्याउने तर्फ कुनै पहलकदमी नदेखाएको जनाईएको छ ।
साथै यसरी पूर्व सभापतिहरुको सुझावलाई पालना नगरेपछि बिधान अनुसार शाखामा कायम सदस्य संख्याको दुई तिहाई बहुमत सदस्यहरुको हस्ताक्षर सहित तत्कालिन अध्यक्ष प्रकाश खतिवडा उपर गत असोज १५ गते अविश्वास प्रस्ताव शाखामा दर्ता गराईएको उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/07 सप्तरीका दुई कार्यालयमा तालाबन्दी, व्यक्ति व्यक्तिले चिठी बिक्रि गरेको भन्दै शिक्षा विकास इकाई कार्यालय सप्तरीमा तालाबन्दी
- 2082/01/06 ५६ बोट बिरुवाहरु रोपेर नेवि संघले मनायो स्थापना दिवस
- 2082/01/06 राष्ट्रिय मुक्ती पार्टी नेपालको सप्तरीमा संगठन विस्तार अभियान सुरु
- 2082/01/05 विकास निर्माण कार्यलाई तिब्रता दिन सुझाव
- 2082/01/04 छिमेकीद्वारा विदेशमै ठगिएपछी नजिबुल्लाको परिवार विचल्लीमा परिवार विचल्लीमा
- 2082/01/03 पूजा रामको हत्या भएको भन्दै परिवारजनले दिए प्रहरीमा जाहेरी
- 2082/01/03 शोभायात्रा माथि आक्रमण गर्ने अपराधीलाई कडा कारवाहीको माग
- 2082/01/02 सुख, समृद्धि र शान्तिको लागि दीप प्रज्वलन
- 2082/01/02 ऐतिहासिक शम्भुनाथ मेला सुरु
- 2082/01/02 दुई महिनापछी सकुशल भेटिए रोशनी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ