News Category 2072/08/03
राजमार्ग केन्द्रित आन्दोलनमा व्यापारीहरुलाई पनि सहभागि हुन मोर्चाको आग्रह
दैनिक संवाददाता
राजविराज, २ मंसिर ।
मधेशी मोर्चा नगर समिति सप्तरीले अगामी मंसिर ५ गतेदेखि शुरु हुने राजमार्ग केन्द्रित आन्दोलनमा व्यापारीहरुलाई पनि सहभागिका लागि आग्रह गरेको छ ।
राजविराज नगरपालिका १ स्थित लक्ष्मी नारायण राधा कृष्ण मन्दिरको प्राङ्गणमा मधेशी मोर्चा नगर समितिका संयोजक उमेश साहको अध्यक्षतामा बुधबार बसेको बैठकले यस्तो आग्रह गरिएको हो ।
बैठक पश्चात् मधेशी नगर समितिका संयोजक साहद्वारा जारी विज्ञप्तीमा सो बैठकमा तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रिय सदस्य जय प्रकाश ठाकुर, सदभावना पार्टीका केन्द्रिय सदस्य दिपेन्द्र चौधरी, बस ब्यवसायी संघका अध्यक्ष नुरुल होदा अन्सारी लगायत हटीयाका ब्यापारीहरुको उपस्थितिमा अगामी मंसिर ५ गतेदेखि हुने राजमार्ग केन्द्रित आन्दोलनलाई सशक्त बनाउने सर्वसम्मत निर्णय गरिएको उल्लेख छ ।
त्यस्तै उक्त कार्यक्रममा सम्पुर्ण बजार, उद्योग तथा कलकारखाना बन्द भएता पनि व्यापारी, मजदुर, किसान, विद्यार्थी, युवा तथा अन्य समुदायहरुलाई राजमार्गमा परिचालन हुन तथा जान समेत अनुरोध गरिएको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/10 सुत्केरीको मृत्युपछि अस्पताल तनावग्रस्त
- 2082/11/10 होटल तथा रेष्टुरेन्टहरु साँझ ८ बजे तथा मदिरा विक्रेताहरुले ७ बजे पसल बन्द गर्ने निर्णय
- 2082/11/10 दुई सय ९ मतदानस्थल अति सम्वेदनशील
- 2082/11/10 राजगढको सबै वडामा मतदाता शिक्षा संचालन
- 2082/11/07 निर्वाचन आचारसंहिता पालना गर्न प्रेस काउन्सिलको आग्रह
- 2082/11/07 नेजपाको फरक शैलीमा चुनावी अभियान
- 2082/11/07 प्रजातन्त्र दिवसमा प्रभातफेरी
- 2082/11/06 मधेसले सिङ्गो देशलाई पाल्ने तागत बोक्न सक्ने बनाउने काँग्रेस सभापति थापाको प्रतिज्ञा
- 2082/11/06 आचारसंहिताको पालना गर्नुपर्नेमा जोड
- 2082/11/06 चारलाख भन्दा बढीको सामान भन्सार बुझाईयो
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ