News Category 2072/08/03
राजमार्ग केन्द्रित आन्दोलनमा व्यापारीहरुलाई पनि सहभागि हुन मोर्चाको आग्रह
दैनिक संवाददाता
राजविराज, २ मंसिर ।
मधेशी मोर्चा नगर समिति सप्तरीले अगामी मंसिर ५ गतेदेखि शुरु हुने राजमार्ग केन्द्रित आन्दोलनमा व्यापारीहरुलाई पनि सहभागिका लागि आग्रह गरेको छ ।
राजविराज नगरपालिका १ स्थित लक्ष्मी नारायण राधा कृष्ण मन्दिरको प्राङ्गणमा मधेशी मोर्चा नगर समितिका संयोजक उमेश साहको अध्यक्षतामा बुधबार बसेको बैठकले यस्तो आग्रह गरिएको हो ।
बैठक पश्चात् मधेशी नगर समितिका संयोजक साहद्वारा जारी विज्ञप्तीमा सो बैठकमा तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रिय सदस्य जय प्रकाश ठाकुर, सदभावना पार्टीका केन्द्रिय सदस्य दिपेन्द्र चौधरी, बस ब्यवसायी संघका अध्यक्ष नुरुल होदा अन्सारी लगायत हटीयाका ब्यापारीहरुको उपस्थितिमा अगामी मंसिर ५ गतेदेखि हुने राजमार्ग केन्द्रित आन्दोलनलाई सशक्त बनाउने सर्वसम्मत निर्णय गरिएको उल्लेख छ ।
त्यस्तै उक्त कार्यक्रममा सम्पुर्ण बजार, उद्योग तथा कलकारखाना बन्द भएता पनि व्यापारी, मजदुर, किसान, विद्यार्थी, युवा तथा अन्य समुदायहरुलाई राजमार्गमा परिचालन हुन तथा जान समेत अनुरोध गरिएको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/11 धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव
- 2082/09/11 ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
- 2082/09/11 आगलागिमा दुई लाख भन्दा बढीको क्षति
- 2082/09/10 सामाजिक संजालमा हिन्दु धर्मावलम्बी माथि गलत टिप्पणी गरेकालाई कारवाहीको माग
- 2082/09/10 पिकअप र चालकसहित ८ क्विन्टल ३२ किलो गाजा बरामद
- 2082/09/10 सप्तरीबाट अध्यक्ष महतोको नाम सिफारिस
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ