News Category 2072/08/04
सरकारले मिडिया मार्फत संविधानको प्रचारवाजी गराउन लागेको आरोप
दैनिक संवाददाता
राजविराज, ३ मंसिर ।
नेपाल सदभावना पार्टीका केन्द्रिय सदस्य हेम शंकर सिंहले देशको प्रमुख तीन दलद्वारा जारी गरिएको संविधानले आफ्नो हक अधिकारको ग्यारेण्टी नगरेकोले मधेश र थरुहटमा जारी आन्दोलन र सोको क्रममा बगेको रगत सुक्न नपाउँदै नेपाल सरकारले मिडिया मार्फत संविधानको प्रचारवाजी गराउन लागेको कार्य प्रति गम्भीर ध्यान आकृष्ट भएको जनाउनु भएको छ ।
सिंहद्वारा बिहीबार जारि विज्ञप्तिमा जारी आन्दोलनमा मधेश र थरुहटका मिडिया र पत्रकारहरुको मात्र नैतिक समर्थन मात्र रहेकोमा आन्दोलनकै अवस्थामा स्थानिय पत्रपत्रिका र विद्युतीय संचार माध्यममा कानून मन्त्रालय र संचार मन्त्रालयद्वारा जारी संविधानको विशेषता सम्बन्धी सामग्री जबरजस्ती प्रकाशित गर्न लगाइएको घटनाले स्थानीय संचार माध्यमहरुको राज्यले घाँटी निमोठ्ने कार्य गर्न लागेको आरोप लगाउनु भएको छ ।
विज्ञप्तिमा सार्थक वार्ताको माध्यमले संविधान संशोधन भइ मधेश र थरुहटले पनि संविधान स्वीकार गर्नुपर्ने अवस्था सिर्जना नहुञ्जेल कुनै पनि प्रकारको सरकारी सूचना सामग्री प्रकाशित नगरी जारी आन्दोलनमा थप सहयोग पु¥याउन सम्पूर्ण संचारउद्यमीहरुसँग विनम्रतापूर्वक आग्रह गर्दै यस सन्दर्भमा आन्दोलनरत पक्षहरुद्वारा चौतर्फी सशक्त विरोध जनाई स्थानीय संचार माध्यमलाई जोगाउन पहल गर्न समेत आग्रह गर्नुभएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ