News Category 2072/08/07
अस्पतालको सबै कामकाज स्थगित
दैनिक संवाददाता
राजविराज, ६ मंसिर ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल राजविराजले आइतबारदेखी अस्पतालको सम्पूर्ण कामकाज स्थगित गरेको छ ।
प्रहरीले आइतबार बिहान अस्पताल प्राङ्गण भित्र चिकित्सक एवं कर्मचारीहरुलाई कुटपिट गरेको भन्दै सम्पूर्ण कामकाज स्थगित गरेको अस्पतालका नि. मेडिकल सुपरिन्टेन्डेन्ट डा. दिपा यादवद्वारा जारि विज्ञप्तिमा उल्लेख छ ।
जारि विज्ञप्तिमा अस्पतालका आधिकारिक ड्युटीमा रहेका कर्मचारी प्रशासन, चिकित्सक तथा चिकित्सकिय आवास समेतमा गुण्डागर्दी पाराले बर्दिसहितका प्रहरीले कायर्तापूर्वक, निर्ममतापूर्वक कुटपिट गरि छातीमा गोली ते¥याएर मार्ने धम्कीसहित मर्नासन्न अवस्थामा पु¥याएकोमा सम्पूर्ण कर्मचारी, प्रशासन तथा चिकित्सकहरुले सो कार्यप्रति आपत्ति प्रकट गरेका छन् ।
सो कुटपिटबाट ल्याब टेक्निसियन विश्वनाथ मण्डल, हेल्थ असिस्टेन्ट रामकुमार दियाली, अहेब रामकुमार यादव, अहेब सुवोध मेहता, अहेब राजाराम यादव, अहेब रजनीकान्त चौधरी र देवानन्द मण्डल घाइते भएका छन् । उनीहरुको सोही अस्पतालमा उपचार भइरहेको छ ।
शनिबार राती प्रहरीको गोली लागि दुई जनाको मृत्यु भएपछि मोर्चाका कार्यकर्ताहरुले प्रहरीको भ्यान अस्पताल भित्रै जलाएपछि प्रहरीले अस्पताल प्राङ्गण भित्र छिरेर चिकित्सक एवं कर्मचारीहरुलाई कुटपिट गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ