News Category 2072/08/07
दुई प्रहरी बीटमा आगजनी, सुन्दरी खोलाको पुल भत्काए
दैनिक संवाददाता
राजविराज, ६ मंसिर ।
शनिबार राती प्रहरीको गोली लागि दुई जनाको मृत्यु भए लगत्तै आइतबार बिहानबाट उग्र रुप लिएको मधेशी मोर्चाको आन्दोलनका क्रममा राजविराजस्थित दुई प्रहरी बिटमा प्रदशर्नकारीहरुले आगजनी गरेका छन् ।
राजविराज रुपनी मोडस्थित नेपाल प्रहरी बिट र बागेश्वरी मन्दिर नजिकै रहेको सशस्त्र प्रहरी बिटलाई आन्दोलनकारीहरुले आगजनी गरेका हुन् ।
यस्तै राजविराज रुपनी सडक खण्डस्थित मलेठमा आइतबार बिहान आन्दोलनकारीहरुले मिलन डेरीको दुधको गाडीबाट दही निकालेर सडकमा फ्यालिदिएका छन् ।
त्यस्तै आन्दोलनकारीहरुले पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको बरमझियास्थित सुन्दरी खोला पक्कि पुलको आधा भाग भत्काएका छन् ।
यस्तै आइतबार बिहान मोर्चाका कार्यकर्ताहरुले रुपनीमा काठमाडौंबाट आउँदै गरेको एक रातो रंगको पल्सर मोटरसाइकलमा आगजनी समेत गरेका छन् ।
सो क्रममा बरमझियास्थित सशस्त्र प्रहरी गणबाट आएका सशस्त्र प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा आधा दर्जन आन्दोलनकारी घाइते भएका छन् ।
पुलबाट एकतर्फि सवारीसाधनहरु मात्र चल्ने अवस्थामा रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ