News Category 2072/08/07
बौद्धिक समाजद्वारा प्रहरीको क्रुरताप्रति निन्दा
दैनिक संवाददाता
राजविराज, ६ मंसिर ।
बौद्धिक समाज सप्तरीले भेदभावपूर्ण संविधानको विरुद्ध एंव आफ्ना अधिकार प्राप्तिका लागि सय दिनदेखि आन्दोलनरत मधेशी, थारु, जनजाति एवं मुसलमान समुदायले पूर्वघोषित कार्यक्रम अनुसार सप्तरीको भारदह, रुपनी, विसनपुर, कदमाहा लगायत विभिन्न ठाउँमा शान्तिपुर्ण धर्नामा बसेका आन्दोलनकारीहरुमाथि प्रहरीले दमन गर्दै क्रुरता शैली देखाएको प्रति घोर भत्र्सना गरेको छ ।
समाजका संयोजक अमरकान्त झा र सचिव अनिलकुमार अनलद्वारा आइतबार जारि विज्ञिप्तमा मंसिर ५ गतेको मध्य रातमा राजमार्ग खुलाउने बहानामा गरिएको प्रहरीको क्रुृर दमनमा प्रहरीको गोलीबाट तीन जना नागेश्वर यादव, वीरेन्द्र राम तथा शिवशंकर दासको निधन भएको र एक दर्जन गम्भीर घाईते एवं एक सय जना घाईते भएको दुखःद घटनालाई समाजले घोर भत्र्सना गरेको हो ।
जारि विज्ञप्तिमा भारतका नक्सलवादी कानू सन्याल र चारु मजुमदारको राजनीति दिक्षा लिई व्यक्ति हत्याबाट राजनीतिमा प्रवेश गरेका प्रधानमन्त्री केपी ओली र उपप्रधान मन्त्री चन्द प्रकाश (सीपी) मैनाली, जनयुद्धमा १७ हजार नेपालीको हत्या गर्न गराउने काममा संलग्न गृह मन्त्री शक्ति वस्नेत र पंचायतकालमा राष्ट्रवादी विद्यार्थीकालदेखि ०६०÷०६२ को प्रतिगमन विरोधी आन्दोलनकालमा गृहमन्त्रीको पदमा बसी प्रजातन्त्रवादीको दमनमा अग्रणी भूमिका निर्वाह गर्ने उप–प्रधानमन्त्री कमल थापा सम्मिलित सरकारको निर्देशनमा शान्तिपूर्ण आन्दोलनकारीमाथि भएको निमर्म दमनको पनि समाजले निन्दा गरेको छ ।
यस्तै विज्ञप्तिमा गजेन्द्र नारायण सिह सगरमाथा अंचल अस्पताल राजविराजमा प्रहरीहरुले चिकित्सक र स्वास्थ्यकर्मीहरुको आवासगृहमा पसी लाठी चार्ज गरी स्वास्थ्यकर्मीहरुलाई घाइते गरेकोमा समाजले आपत्ति जनाएको छ ।
विज्ञप्तिमा प्रहरीको गोलीबाट शहादत प्राप्त गर्ने तीनै जना सपुतहरुको वीरताको नमन गदै घाईते आन्दोलनकारीहरुको शीघ्र स्वास्थ्य लाभको कामनासहित घाइतेहरुको उपचारको उच्च व्यवस्थापन गर्न सरकारसंग माग गरिएको छ ।
साथै विज्ञप्तिमा सदियौंदेखि उपेक्षित पीडित मधेशी, आदिवासी, जनजाति, दलित, मुस्लीम वर्ग आफ्ना हक स्थापित गराउन गरिरहेका शान्तिपूर्ण आन्दोलनलाई भारत प्रायोजित ठहराउन हत्यारा दमनकारी नेतृत्वको सरकार शान्तिपूर्ण आन्दोलनमा शुरुदेखि नै अत्यधिक बल प्रयोग गरी देशलाई हिंसातर्फ धकेली जातिय द्वन्द्वमा फसाउने गम्भीर प्रपंच गरी रहेकोले त्यसलाई रोकी उपेक्षित शोषितको संवैधानिक हक स्थापित गराउन विश्वसमुदायसंग आग्रह गरिएको छ ।
यसैगरि विज्ञप्ति मार्फत आफ्ना हक स्थापित गराउन आम नागरिकले सडकमा रगत बगाईरहेको अवस्थामा विभिन्न मोर्चाका अध्यक्ष र नेतृत्वपंक्ति वार्ताको भुलभुलैयामा नलागि मधेशमा आइ शान्तिपूर्ण आन्दोलनलाई सफल बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/31 सबै जुटे सरसफाईमा
- 2082/05/31 जनप्रतिनिधि र कर्मचारीकोे तलब भत्ताबाट राष्ट्र पुनर्निमाण कोषमा ५ लाख ५१ हजार
- 2082/05/31 मैथिल महिलाद्वारा श्रद्धाञ्जली व्यक्त
- 2082/05/30 प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
- 2082/05/30 फोहर व्यवस्थापनका लागि नगरपालिकाले विशेष सरसफाई अभियान चलाउने
- 2082/05/30 डिभाईडरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
- 2082/05/29 राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढीको क्षति, ११ लाख नगदसहित तीस वटा सवारीसाधन जलेर नष्ट
- 2082/05/29 कारागार क्षेत्रमा कफ्र्यु आदेश
- 2082/05/29 राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह स्थगन
- 2082/05/27 आन्दोलनका क्रममा चोरी तथा लुटपाट गरेर लगेका सम्पत्ति सात दिन भित्र बुझाउन प्रशासनको चेतावनी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ