News Category 2072/08/08
जिल्लाका स्वाथ्यकर्मीहरु आन्दोलित अस्पतालको आकस्मिक सेवा टेन्टमूनी संचालन
दैनिक संवाददाता
राजविराज, ७ मंसिर ।
प्रहरीले अस्पतालभित्र पसेर अस्पतालका कर्मचारी तथा चिकित्सकहरुलाई कुटपिट गरेको भन्दै सप्तरीका सम्पूर्ण स्वास्थ्यकर्मीहरु सोमबारदेखी आन्दोलित भएका छन् ।
जिल्लाका २३ वटा स्वास्थ्य संघसंस्थाहरुले संयुक्त रुपमा विज्ञप्ति प्रकाशित गरि सप्तरीका सुरक्षा प्रमुखहरु एसपी, डिएसपी तथा सशस्त्रका एसपीलाई निलम्बनको माग गरेका छन् ।
विज्ञप्तिमा सुरक्षाको ग्यारेन्टी र घाइतेहरुको उपचार तथा क्षतिपूर्तीको व्यवस्था समेत मिलाउने सम्बन्धित पक्षसँग माग गरिएको छ ।
यता सोमबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालका निमित्त मेसु डा. दिपा यादवले अंचल अस्पताल लगायत जिल्लाका सम्पूर्ण स्वास्थ्य संस्था र जिल्ला भरिका सम्पूर्ण कार्यालयहरु पूर्ण रुपमा बन्द गरिएको जानकारी दिनुभयो ।
उहाँले बिरामीहरुलाई मध्य नजर गरि अस्पतालका आकस्मिक सेवा टेन्टमूनी सुरु गरेको बताउनुभयो ।
उहाँले आइतबार बिहान अस्पताल प्राङ्गण भित्र चिकित्सक एवं कर्मचारीहरुलाई कुटपिट गरेको भन्दै सम्पूर्ण कामकाज स्थगित गरेको बताउनुभयो ।
उहाँले अस्पतालका आधिकारिक ड्युटीमा रहेका कर्मचारी प्रशासन, चिकित्सक तथा चिकित्सकिय आवास समेतमा गुण्डागर्दी पाराले बर्दिसहितका प्रहरीले कायर्तापूर्वक, निर्ममतापूर्वक कुटपिट गरि छातीमा गोली ते¥याएर मार्ने धम्कीसहित मर्नासन्न अवस्थामा पु¥याएकोमा सम्पूर्ण कर्मचारी, प्रशासन, स्वास्थ्यकर्मीहरु तथा चिकित्सकहरुले सो कार्यप्रति आपत्ति प्रकट गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ