News Category 2072/08/08
प्रहरी प्रशासनले नै विद्यालय जाने वातावरण नबनाएको शिक्षक महासंघको आरोप
दैनिक संवाददाता
राजविराज, ७ मंसिर ।
नेपाल शिक्षक महासंघ तथा संस्थागत विद्यालयका प्याब्सन तथा एन प्याब्सन सप्तरीको सोमबार सम्पन्न संयुक्त बैठकले विभिन्न निर्णयहरु गरेको छ ।
महासंघका अध्यक्ष फुलेश्वर कुमार मण्डलको अध्यक्षतामा सम्पन्न बैठकले मधेशी मोर्चाको आन्दोलनको क्रममा मंसिर ५ र ६ गते सप्तरीको रुपनी, भारदह र राजविराजमा भएको प्रहरीको दमन एवं अमानविय ब्यवहारप्रति घोर भत्सर्ना समेत गरेको छ ।
बैठकले प्रहरीको गोलीबाट मृत्यु भएका आत्माको चिर शान्तिको लागि कामना गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामनाका साथै आन्दोलनमा घाईते भएका तथा राजविराजमा कर्फयु लगाई राज्य पक्षले जानी वातावरण विगार्ने कार्य गरेको ठहर गरेको छ ।
विज्ञप्तिमा आन्दोलन पक्षहरुसँग सप्तरीका शिक्षकहरुको पेशागत संघ संस्थाहरुले विद्यालय संचालनको लागि आग्रह गरी विद्यालय संचालन भई राखेकोमा प्रशासन एवं प्रहरीलाई कुरा सहन नभएको आरोप लगाइएको छ ।
विद्यालय संचालन पुन अवरुद्ध बनाएको जनाउँदै यस्तो परिवेशमा बालबालिका एवं शिक्षकहरुको जिउज्यानको सुरक्षालाई दृष्टिगत गरी हाल रहेको कर्फयुको स्वरुप रहुन्जेलसम्म विद्यालय संचालन नहुने अवस्था श्रृजना भएको हुँदा विद्यालय संचालनको वातावरण निर्माण गर्नु पुर्णत राज्य पक्षको हुनेछ भनि ठहर गरिएको छ ।
सो बैठकमा नेपाल शिक्षक मंचका केन्द्रिय सदस्य दिनेश कुमार यादव, नेपाल शिक्षक संघका अध्यक्ष परसुराम यादव, अखिल नेपाल शिक्षक संघका अध्यक्ष रामेन्द्रनाथ यादव, मधेशी शिक्षक फोरम नेपालका अध्यक्ष श्यामप्रसाद यादव, प्याब्सनका अध्यक्ष पंचदेव यादव, एन प्याब्सनका अध्यक्ष बौकु साह, नेपाल शिक्षक युनियनका सल्लाहकार विजयानन्द झा, सुशिल कुमार गुप्ता, राम नारायण साह लगायतकाहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/31 सबै जुटे सरसफाईमा
- 2082/05/31 जनप्रतिनिधि र कर्मचारीकोे तलब भत्ताबाट राष्ट्र पुनर्निमाण कोषमा ५ लाख ५१ हजार
- 2082/05/31 मैथिल महिलाद्वारा श्रद्धाञ्जली व्यक्त
- 2082/05/30 प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
- 2082/05/30 फोहर व्यवस्थापनका लागि नगरपालिकाले विशेष सरसफाई अभियान चलाउने
- 2082/05/30 डिभाईडरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
- 2082/05/29 राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढीको क्षति, ११ लाख नगदसहित तीस वटा सवारीसाधन जलेर नष्ट
- 2082/05/29 कारागार क्षेत्रमा कफ्र्यु आदेश
- 2082/05/29 राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह स्थगन
- 2082/05/27 आन्दोलनका क्रममा चोरी तथा लुटपाट गरेर लगेका सम्पत्ति सात दिन भित्र बुझाउन प्रशासनको चेतावनी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ