News Category 2072/08/09
सप्तरीको सम्पूर्ण स्वास्थ्य संस्था ठप्प, बिरामी मर्कामा
दैनिक संवाददाता
राजविराज, ८ मंसिर ।
प्रहरीले स्वास्थ्यकर्मीहरुलाई कुटपीट गरेको भन्दै राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालसहित सप्तरीका सम्पूर्ण स्वास्थ्य संस्था र कार्यालयहरुको सेवा मङ्गलवारदेखि पूर्ण रुपमा ठप्प रहेको छ ।
सम्पूर्ण स्वास्थ्य संस्था ठप्प हुँदा बिरामीहरु मर्कामा परेका छन् ।
जिल्लाभरिका सम्पूर्ण स्वास्थ्य संस्था र कार्यालयहरु बन्द गरी अञ्चल अस्पतालको सेवा टेन्टबाट सञ्चालन गर्ने तथा चिकित्सक, स्वास्थ्यकर्मी, ल्याब, एक्स–रे, लगायत निजी क्लिनिकहरु समेत बन्द गरिएको छ ।
जिल्लाभरीका अस्पताल, स्वास्थ्य संस्था, सरकारी कार्यालय, चिकित्सक, क्लिनिक, पेशागत संघ–सङ्गठनका अध्यक्ष तथा प्रतिनिधीहरुको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
यसैगरी अञ्चल अस्पतालमा कार्यरत रेडियोलोजिष्ट शंकर साह सोमवार राती प्रहरीद्वारा कुटिएका छन् । डियुटीमा गइरहेको अवस्थामा अस्पतालको परिचयपत्र देखाउँदा पनि प्रहरीले कुटपीट गरेको भन्दै स्वास्थ्यकर्मीहरु थप आक्रोशित भएका छन् ।
यता नेपाल प्रहरी र सशस्त्र प्रहरीका एसपी, डिएसपीको निलम्बन, सुरक्षाको ग्यारेन्टी र घाइतेहरुको उपचार तथा क्षतिपूर्तीको व्यवस्था हुनुपर्नेमाग सहित तीन सूत्रीय माग अघि सारेका छन् ।
स्वाथ्यकर्मीहरुलाई प्रहरीले अस्पताल हाताभित्र प्रवेश गरी कुटपीट गरेको भन्दै आफूहरुले असुरक्षित महशुस गरी जिल्लाभरीका सम्पूर्ण स्वास्थ्य संस्थाका सेवाहरु बन्द गरेको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालका निमित मेडिकल सुपरिन्टेन्डेन्ट डा. दीपा यादवले बताइन् ।
यता अञ्चल अस्पतालसहित जिल्लाभरी स्वास्थ्य सेवा पारिनुले सर्वसाधारण जनता मारमा परेको भन्दै तत्काल सुचारु गर्न आवश्यक पहल थाल्नुपर्ने स्थानीयवासिन्दाहरुको भनाई छ ।
अस्पतालमा उपचार गराउन आएका बिरामीहरुलाई धरान, बिराटनगर लगायतका स्थानहरुमा रेफर गर्ने गरिएकोले एम्बुलेन्ससम्म नपाउँदा सर्वसाधारण जनतालाई समस्या भइरहेको बिरामीहरुको कथन छ ।
यता जिल्ला प्रहरी कार्यालयका प्रमुख भीम प्रसाद ढकालले अस्पतालसहित स्वास्थ्य सेवा प्रभावित भएकोमा आफूहरुले गम्भीरतापूर्वक लिएको भन्दै यस विषयमा पहल भइरहेको बताएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ