News Category 2072/08/10
अधिकारको लडाई अब समाप्त हुनै लाग्यो ः महतो
दैनिक संवाददाता
राजविराज, ९ मंसिर ।
सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले मधेशी जनताले १ सय ४ दिनदेखी जारि राखेको अधिकारको लडाईको समाप्त हुनै लागेको दाबी गर्नुभएको छ ।
गत शनिबार र आइतबार सप्तरीमा प्रहरीको गोलीबाट मृत्यु भएका चारै जानको परिवारसँग बुधबार भेटघाट गर्ने क्रममा उहाँले सो दाबी गर्नुभएको हो ।
उहाँले जनताको अधिकारको लडाईमा कुनै निरङकुस शासक टिक्न नसकेको बताउँदै मेधशीको लडाईमा सरकार पछाडी हटेको दाबी गर्नुभयो ।
प्रहरीको गोलीबाट भारदहमा मृत्यु भएका सप्तरीको डाढा गाविस ७ बलिया बथनाहाका २२ वर्षिय बिरेन्द्र रामको परिवारजनसँग भेटी अध्यक्ष महतोले सान्त्वना समेत दिनुभएको छ ।
मंसिर ५ गते भारदहमा प्रहरीको गोलीबाट मृत्यु भएका रामका तिन महिनाको छोरा प्रेम कुमार रामसँग पार्टीका राष्ट्रीय अध्यक्ष महतोले केही समय काखँमा लिएर खेलाउनु भएको थियो ।
त्यस्तै रुपनीमा मृत्यु भएका जिल्लाको जमुनी मधेपुरा गाविस ९ छपकी टोलका २७ वर्षिय नागेन्द्र यादव, जमुनी मधेपुराको पर्साही टोल निवासी २० वर्षिय शिव शंकर दास र राजविराज नगरपालिका १ निवासी ४० वर्षिय दिलिप साहको परिवारसँग छुट्टाछुट्टै भेटी मृतक परिवारलाई धैर्यधारण गर्न आश्वासन दिनुका साथै मृतकहरुलाई अविलम्व शहिद घोषणा गर्न सरकार तथा सम्बन्धित निकायसँग माग गर्नुभएको छ ।
मधेश मुक्तिको लागि सहादत प्राप्त गर्नुभएका शहिद रामको परिवारहरुलाई हार्दिक संवेदना प्रकट गर्न पुग्नु भएका सदभावना पार्टीका राष्ट्रीय अध्यक्ष राजेन्द्र महतोका साथै शहिद परिवारसँगको घेटभाटमा पार्टीका राष्ट्रीय उपाध्यक्ष नवलकिशोर साह, पार्टीका केन्द्रिय सदस्यहरु दिपेन्द्र चौधरी, दिनेश यादव, जिल्ला अध्यक्ष सुनिल कुमार झा, क्षेत्र न. ३ का क्षेत्रिय अध्यक्ष लक्ष्मण यादव, नगर अध्यक्ष अमरकान्त झा, विद्यार्थी मंचका राष्ट्रीय अध्यक्ष किशोर कुमार यादव, महिला मंचकी केन्द्रिय कोषाध्यक्ष पुनम यादव, विद्यार्थी मंचका केन्द्रिय सदस्य शम्भु कुमार यादव लगायत केन्द्रीय नेता तथा जिल्ला नेताहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ