News Category 2072/08/11
प्रहरी ज्यादती बिरुद्ध स्वास्थ्यकर्मीहरु आन्दोलित आकस्मिक र प्रसुती सेवा बाहेक सम्पूर्ण सेवा ठप्प
दैनिक संवाददाता
राजविराज, १० मंसिर ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचलका चिकित्सक तथा कर्मचारीहरुलाई प्रहरीले ज्यादती, दमन र कुटपिट गरेको बिरोधमा सोमबारदेखी सप्तरीका सम्पूर्ण स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् ।
जिल्लाका सम्पूर्ण स्वास्थ्यकर्मीहरु अस्पतालको प्राङणमा धर्नामा बसेका छन् । गत आइतबार प्रहरीले अस्पतालभित्र चिकित्सक, स्वास्थ्यकर्मीहरु तथा कर्मचारीहरु माथी गरेको कुटपीट तथा देखाएको अमानविय व्यवहारप्रति सप्तरीका सम्पूर्ण टे«ड युनियन पदाधिकारीहरु आन्दोलित भएका हुन् ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीका एसपी, डिएसपीको निलम्बन, सुरक्षाको ग्यारेन्टी र घाइतेहरुको उपचार तथा क्षतिपूर्तीको व्यवस्था हुनुपर्नेमाग माग अघि सार्दै गठित संयुक्त संघर्ष समितिको नेतृत्वमा
धर्नामा बसेका हुन् । यसअघि जिल्लाका सम्पूर्ण स्वास्थ्यकर्मीहरुले बिरोध जुलुस समेत प्रदर्शन गरेका थिए ।
प्रहरी दमनको बिरोधमा अस्पतालसहित सप्तरीका सम्पूर्ण स्वास्थ्य संस्था र कार्यालयहरुको सेवा आइतबारदेखी पूर्ण रुपमा ठप्प रहेको छठ । अहिले अस्पतालले आकस्मिक सेवा टेन्ट लगाएर सञ्चालन गरेको छ भने आकस्मिक प्रसुती सेवा समेत संचालन गरेको छ ।
शनिबार राती प्रहरीको गोली लागि दुई जनाको मृत्यु भएपछि आन्दोलनरत मधेशी मोर्चाका कार्यकर्ताहरुले अस्पताल भित्रै रहेको प्रहरी भ्यान जलाएपछि प्रहरीले अस्पताल प्राङ्गण भित्र छिरेर चिकित्सक एवं कर्मचारीहरुलाई कुटपिट गरेको थियो ।
यता स्वास्थ्यकर्मीहरुको आन्दोलनका कारण जिल्लाका बिरामीहरुलाई असुविधा भएको छ । जारि मधेश आन्दोलनका कारण यातायात नचल्दा उनीहरु स्वास्थ्य उपचारका लागि जिल्ला बाहिर पनि जान सकिरहेका छैनन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ