News Category 2072/08/11
मोर्चा र प्रशासनबीच जारि आन्दोलनबारे छलफल
दैनिक संवाददाता
राजविराज, १० मंसिर ।
मधेशी मोर्चा र स्थानीय प्रशासनका प्रमुखबिच बिहिबार जारी मधेश आन्दोलनको सम्बन्धमा बृहत छलफल भएको छ ।
सो बृहत छलफल कार्यक्रमबाट आन्दोलनरत मधेशी मोर्चा र स्थानीय प्रहरी प्रशासनबिच अगामी दिन नियमित सम्पर्क, संवाद र समन्वय गर्ने सहमति समेत भएको राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डलले जानकारी दिनुभयो ।
मंसिर ६ गते आन्दोलनमा प्रहरीको गोलीबाट मृत्यु भएका विर शहिदरुहरुप्रति श्रद्धाञ्जली सभा आयोजना गर्ने, आन्दोलनको क्रममा शहादत भएकाहरुको लागि आजैबाट प्रक्रिया अगाडी बढाउने, मंसिर ५ र ६ गते आन्दोलनको क्रममा सुरक्षा निकायको गोलीबाट मृत्यु भएकाहरु सप्तरीको जमुनी मधेपुरा ९ छपकी निवासी नागेश्वर यादव, डाढा बलिया बथनाहा निवासी विरेन्द्र राम, राजविराज नगरपालिका १ निवासी दिलिप साह र आन्दोलनकै क्रममा करेन्ट लागेर मृत्यु भएका जमुनी मधेपुरा ३ प्रसाही टोलका शिवशंकर दासलाई उचित क्षतिपुर्तिको लागि सिफारिस गर्ने तथा आवश्यक काम कार्वाही समेत अविलम्व अगाडी बढाउने तथा मंसिर ५ र ६ गते घाईते भएका ब्यक्तिहरुको विभिन्न निकायबाट तथ्याङ्ग संकल्न गरी उचित औषधि उपचारको व्यवस्था गर्ने जस्ता निर्णयहरु गरेको जनाएको छ ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटको अध्यक्षतामा आयोजित सो छलफलमा विभिन्न सुरक्षा निकायका प्रमुख तथा मधेशी मोर्चाका संयोजक तथा सदभावना पार्टीका जिल्ला अध्यक्ष सुनिल कुमार झा, मोर्चा नेता सत्य नारायण यादव, नेपाल सदभावना पार्टीका जिल्ला अध्यक्ष सुबी यादव, नेपाल सदभावना पार्टी गजेन्द्रवादीकी केन्द्रिय सदस्य सावित्री पण्डित, सदभावना पार्टीका केन्द्रिय सदस्य दिनेश कुमार यादव, तराई मधेश सदभावना पार्टीका जिल्ला अध्यक्ष कपिलदेव यादव, संघिय समाजवादी फोरम नेपालका अध्यक्ष दिनेश कुमार यादव, रामसपा उपाध्यक्ष सतिश कुमार सिंह, मोर्चाका नगर संयोजक उमेश साह लगायत अधिकारवादी तथा विभिन्न राजनैतिक दलका अध्यक्ष तथा प्रतिनिधीहरु र संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/30 निर्वाचनका लागि देशमा माहौल बनिसकेको छ ः गृहमन्त्री अर्याल
- 2082/09/30 डा. सन्तोष नेपाली जनता पार्टीमा प्रवेश
- 2082/09/30 सुरुङ्गाबाट लागुऔषध सहित दुई पक्राउ
- 2082/09/30 डाक्नेश्वरीका स्वास्थ्यकर्मीहरुले अल्टिमेटमसहित बुझाए ज्ञापनपत्र
- 2082/09/30 मैत्रीपूर्ण महिला क्रिकेटको उपाधि काठमाडौंको पोल्टामा
- 2082/09/25 दैनिक दुई उडान प्रचार मै सीमित
- 2082/09/25 सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा र सद्भाव बढाउन झण्डा मार्च
- 2082/09/25 मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भिर
- 2082/09/24 निर्वाचनलाई लक्षित गर्दै तीन पार्टीद्वारा कार्यदल गठन
- 2082/09/23 क्यान्सर पीडित छोराका लागि यादव दम्पत्तीद्वारा सहयोगको याचना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ