News Category 2072/08/12
आन्दोलनका क्रममा मृत्यु भएका चारै जनाको शवयात्रा आज
दैनिक संवाददाता
राजविराज, ११ मंसिर ।
मधेशी मोर्चा सप्तरीको सम्पन्न बैठकले प्रहरीको गोलीबाट मृत्यु भएका चारै जनाको शवयात्रा शनिबार बिहान गर्ने निर्णय गरेको छ ।
यसअघि स्थानिय सुरक्षा निकायले बिहीबार सिफारिस गरिचारै जनालाई सहिद घोषणा गर्ने निर्णय गृहमन्त्रालयमा पठाएको थियो ।
मोर्चाका सुचना तथा संचार समितिका संयोजक अमरनाथ मण्डलद्वारा जारी विज्ञप्तीमा मोर्चाका संयोजक सुनिल कुमार झाको अध्यक्षतामा सम्पन्न मोर्चाको बैठकले गत शनिबार र आईतबार आन्दोलनको क्रममा शहादत प्राप्त गरेका जिल्लाको डाढा गाविसका बलिया बथनाहा निवासी बिरेन्द्र राम, जमुनी मधेपुरा ९ छपकी निवासी नागेश्वर यादव, जमुनी मधेपुरा ४ परसाही टोल निवासी शिबशंकर दास र राजविराज नगरपालिका १ निवासी दिलिप कुमार साहको शवयात्रा निकाल्ने जनाएको छ ।
हस्ताक्षरित विज्ञप्तीमा उनीहरुको पार्थिक शरीर शनिबार विहान ७ बजेदेखि ८ बजेसम्म एक घण्टा गजेन्द्र चौकमा राखि अन्तिम श्रद्धाञ्जली तथा बिहान ८ बजेदेखि सप्तरी सदरमुकाम राजविराज, रुपनी, शम्भुनाथ, कदमाहाहुँदै सिरहाको लहानस्थित शहिद रमेश चौकमा श्रद्धाञ्जली अर्पण गर्ने तत्पश्चात कंचनरुप नगरपालिका र भारदह, मंसापुरहुँदै राजविराजमा श्रद्धाञ्जली अपर्ण गर्ने कार्यक्रम हरेको छ ।
साथै उक्त शवयात्रा तथा श्रद्धाञ्जली कार्यक्रममा व्यापक रुपमा सहभागिताका लागि मोर्चाले बृद्धिजीवी, पत्रकार, अधिकारकर्मी, नागरिक समाज, युवा, विद्यार्थी, मजदुर, व्यवसायी, शिक्षक, प्राध्यापक, किसान तथा न्याय प्रेमी जनतामा हार्दिक अनुरोध गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ