News Category 2072/08/12
दुर्घटनामा परि मृत्यु हुनेको संख्या तीन पुग्यो
दैनिक संवाददाता
राजविराज, ११ मंसिर ।
पूर्व पश्चिम राजमार्ग अन्तरगत सप्तरीको भारदहस्थित सडक खण्डमा शुक्रबार बिहान प्रहरी स्कर्टिङ्गमा रहेको एक यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जनाको उपचारको क्रममा बिराटनगरस्थित गोल्डेन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सो दुर्घटनामा परि मृत्यु हुनेको संख्या तीन पुगेको छ । यता दुर्घटनामा परि २३ जना घाइते मध्ये ९ जनाको अवस्था गम्भिर छ ।
सिन्धुलीबाट काँकडभिट्टतर्फ जाँदै गरेको ना.५ ख १६६४ नम्बरको मातृभाग्य रेखा यात्रुबाहक बस ओभरटेक गर्ने क्रममा सडकबाट २५ मिटर तल खसेर दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घटनास्थलमै मृत्यु हुनेमा धनुषा तुलसीपुर ७ का ९ वर्षिया बालिका निर्जला बस्नेत र एक जना यूवक रहेका छन् । मृतक यूवकको सनाखत हुन नसेपनि फेला परेको एटिएममा जीवनकुमार अधिकारी उल्लेख भएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।
यस्तै उपचारको क्रममा नाम थर नखुलेको अन्दाजी ३५ बर्षीय पुरुषको बिराटनगरस्थित गोल्डेन अस्पतालमा मृत्यृ भएको सप्तरीका प्रहरी नायब उपरिक्षक नारायण प्रसाद चिमरियाले जानकारी दिनुभयो ।
यता दुर्घटनामा परी गम्भिर घाईते भएका मध्ये तीन जनाको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, चार जनाको बिराटनगरस्थित लाइभ गार्ड अस्पताल र २३ जनाको गोल्डेन अस्पताल बिराटनगरमा उपचार भइरहको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ