News Category 2072/08/16
फोरम अध्यक्ष यादवद्वारा शहिद परिवार तथा घाइतेसँग भेटघाट
दैनिक संवाददाता
राजविराज, १५ मंसिर ।
मधेश आन्दोलनका क्रममा शहादत प्राप्त गरेका विर शहिदका परिवारसग संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भेटघाट गर्नुभएको छ ।
फोरम नेपालका अध्यक्ष यादवले मंगलबारै सप्तरीको जमुनी मधेपुरा गाविस ९ छपकी टोल निवासी नागेश्वर प्रसाद यादव, जमुनी मधेपुरकै शिवशंकर दास, डाढा गाविस बलिया बथनाहाका बिरेन्द्र कुमार राम रराजविराज ३ का दिलिप कुमार साहका परिवारसँग भेटघाट गर्नुभएका हो । यस्तै अध्यक्ष यादवले आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण घाइतेहरुसँग भेटघाट समेत गर्नुभएको थियो ।
सो भेटघाट कार्यक्रममा फोरम नेपालकी केन्द्रिय उपाध्यक्ष रेण्ु कुमारी यादव, केन्द्रिय सदस्य शैलेन्द्र प्रसाद साह, फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश कुमार यादव, युवा नेता केदार प्रसाद यादव, उपेन्द्र साह, दयानन्द गोईत लगायतका नेता तथा कार्यकर्ताहरुका साथै स्थानीयवासीहरुको समेत उपस्थिति रहेको थियो ।
त्यस्तै शहिद परिवारजनसँग नेकपा माओवादीका नेता तथा कार्यकर्ताहरुले समेत भेटघाट गरेको छ । नेकपा (माओवादी) क्षेत्र न. ४ का क्षेत्रिय सदस्य जुगेश्वर यादवका दाई जिल्लाको जमुनी मधेपुरा ९ छपकी टोल निवासी नागेश्वर प्रसाद यादवका परिवारसँग भेटघाट गरेको हो ।
गत शनिबार र आईतबार राजमार्ग केन्द्रित आन्दोलनका क्रममा सप्तरीको रुपनी र भारदह तथा राजविराजमा प्रहरीले चलाएको गोलीबाट मृत्यु भएको थियो ।
मृतक यादवका परिवारसँग नेकपा माओवादीका केन्द्रिय सदस्य महेश प्रसाद यादव, माओवादीका जिल्ला संयोजक जय प्रकाश यादव, धर्मेन्द्र चौधरी, बद्री माझी, मुकेश कुमार यादव सहितका नेता तथा कार्यकर्ताहरुले भेटघाट गरेका छन । भेटघाटपछि मृतकका परिवारलाई धैर्यधारण राख्न तथा मृतक आत्माको छिन्नमस्ता सखडेश्वरीसँग चिरशान्तिको कामना समेत गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ