News Category 2072/08/16

५० लाख भन्दा बढीको चोरी

दैनिक समाचारदाता

दैनिक संवाददाता 
राजविराज, १५ मंसिर ।
राजविराज वडा नं. १ स्थित एक घरबाट ५० लाख बढीको गरगहना चोरी भएको छ । 
राजविराजको मुटुमा रहेको मेनरोडमा रहेको सिता साहको घरमा करिब एक सय तोला सुनको गरगहाना र दुई किलो चाँदी चोरी भएको पीडितले दाबी गरेकी छन् । 
स्वास्थ्य उपचारका लागि आइतबार सम्पूर्ण परिवारसहित भारतको दरभंगा गएको बेला घरमा चोरी भएको मंगलबार घर फर्किएपछि थाहा भएको पीडित साहले बताइन् । 
साहको घरको मूल ढोका तोडेर चोरहरुले कोठामा रहेको दुईवटा दराजबाट करिब एक सय तोला सुनको गरगहना र दुई किलो चाँदी चोरेर लगेको उनको दाबी छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट