News Category 2072/08/17
सिमांकन नै वार्ताको बटमलाइन ः उपेन्द्र यादव
दैनिक संवाददाता
राजविराज, १६ मंसिर ।
संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संयुक्त लोकतान्त्रिक मेधशी मोर्चा आफ्नो मागप्रति अधिकतम लचकता अपनाएको दाबी गर्नुभएको छ ।
मधेशी पत्रकार संघ सप्तरीको आयोजनामा बुधबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले लचकताको सवालमा ११ बुँदे मागलाई कुनामा राखेर विगतमा भएको ८ बुँदे सम्झौतालाई नै कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्नुभयो । उहाँले विगतमा भएको सो सम्झौता पनि अधिकतम लचकतामै भएको सरकारलाई स्मरण समेत गराउनुभयो ।
एक अर्को प्रङ्गमा उहाँले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकारसँग वार्ताका क्रममा प्रस्तुत गरेको ११ बुँदे प्रस्तावबारे सत्ता पक्ष र प्रतिपक्षीले कुनै जानकारी नभएको भन्नु हास्यास्पद भएको बताउनुभयो । ११ बुँदे प्रस्तावको सबैभन्दा महत्वपूर्ण बुँदा सिमांकन रहेको यादवकले जिकिर गर्नुभयो ।
अध्यक्ष यादवले सरकारसँगको तेश्रो वार्तामै ११ बुँदे प्रस्ताव पेश गरेपनि पछिल्लो वार्तामा सत्ता पक्ष र प्रतिपक्षी नेताहरुले यसबारेमा जानकारी नभएको भन्नुले उनीहरुको स्मरण एकदमै कमजोर भइसकेको टिप्पणी गर्नुभयो ।
समावेशिता, जनसंख्याको आधारमा प्रतिनिधित्व, नागरिकता र भाषा अहिलेको प्रमुख एजेण्डा भएको उहाँले उल्लेख गर्नुभयो । नागरिकताको सवालमा बोल्दै उहाँले विदेशी नागरिकलाई नागरिकता दिलाउने पक्षमा मोर्चा नरहेको स्पष्ट पार्नुभयो ।
सरकारले वार्ताको नाममा नाटक गरिरहेको बताउँदै उनले यो नाटक मंचन बन्द गरी समस्या समाधानतर्फ आउन सुझाव दिए ।
यसअघि अध्यक्ष यादवले प्रहरी दमनको बिरुद्व आन्दोलनमा उत्रेका सप्तरीका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुसँग भेट गर्नुभएको थियो । विगत १० दिनदेखि आन्दोलनरत स्वास्थ्यकर्मीहरुसँग भेट गर्दै यादवले आन्दोलनप्रति एक्यबद्वता समेत जनाउनुभयो ।
अस्पतालभित्रै पसेर कुटपिट गरिएको कार्यप्रति घोर भत्र्सना गर्दै यादवले यो अपराध नभएर महाअपराध भएको उल्लेख गर्नुभयो । युद्ध भएका् ठाउँमा पनि चिकित्सकलाई केहि नगरिने तर, अनैतिकताको राज्य नेपालमा अस्पतालभित्रै पसेर चिकित्सकलाई कुटपिट गरिने कार्य भएको जिकिर गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ