News Category 2072/08/19
१३ दिनदेखी स्वास्थ्य संस्था ठप्प खोलाउन तर्फ निकाय मौन
दैनिक संवाददाता
राजविराज, १८ मंसिर ।
प्रहरीले अस्पतालका कर्मचारी, चिकित्सकहरुलाई अस्पताल परिसरमै छिरेर कुटपिट गरेको बिरोधमा १३ दिनदेखी सप्तरीका सम्पूर्ण निजि तथा सरकारी अस्पताल, क्लिनिक, स्वास्थ्य चौकीहरु बन्द रहेको छ ।
१३ दिनदेखी स्वास्थ्य संस्था बन्द रहेको बारे स्थानिय प्रशासनले हालसम्म कुनै प्रकारको पहल नगरेको स्वास्थ्यकर्मीहरुले गुनासो गरेका छन् । यता जिल्लाको अस्पताल लगायत सम्पूर्ण स्वास्थ्य केन्द्रहरु बन्द रहदा बिरामीहरु स्वास्थ्य सेवा पाउनबाट बञ्चित रहेका छन् ।
माग सम्बोधन गर्नका लागि संघर्ष समितिद्वारा जिल्लाका सम्पूर्ण राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, अधिकारकर्मी, संचारकर्मीलगायतको उपस्थितिमा मंगलबार अन्तरक्रिया गरे पनि उपलब्धि केही भएको छैन् ।
सत्तामा रहेका राजनीतिक दलका नेताहरु समेतले लामो समयदेखी जिल्ला स्वास्थ्य सेवा ठप्प हुँदा पनि सूचारु गराउन पहल नगरेको सर्वसाधारणहरुको गुनासो छ ।
यसैबीच दुई दिनअघि सप्तरीका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट र आन्दोलनरत पक्षबीच छलफल भएपनि निष्कर्ष नआउँदा समस्या जस्ताको त्यस्तै छ । श्रोतका अनुसार स्थानिय केही अधिकारकर्मीहरुले ठप्प रहेका स्वास्थ्य संस्थाहरुलाई सूचारु गराउन सम्बन्धित निकायलाई लचिलो हुन आग्रह गरेपनि फलदायी हुन सकेको छैन् ।
गत मंसिर ६ गते राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचलका चिकित्सक तथा कर्मचारीहरुलाई प्रहरीले अस्पताल हातिभित्रै गालि गलौज गर्दै कुटपिट गरेको बिरोधमा मंसिर ७ गतेदेखी जिल्लाका सम्पूर्ण टे«ड युनियन पदाधिकारीहरु आन्दोलित भएका छन् ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीका एसपी, डिएसपीको निलम्बन, सुरक्षाको ग्यारेन्टी र घाइतेहरुको उपचार तथा क्षतिपूर्तीको व्यवस्था हुनुपर्ने माग उनीहरुले राखेका छन् ।
संयुक्त संघर्ष समितिको आयोजनामा ९ दिनदेखी जिल्लाका सम्पूर्ण चिकित्सक र स्वास्थ्यकर्मीहरु अस्पतालको प्राङणमा धर्नामा बसेका छन् । प्रहरी दमनको बिरोधमा अस्पतालसहित जिल्लाका सम्पूर्ण स्वास्थ्य संस्था र कार्यालयहरुको सेवा पूर्ण रुपमा ठप्प रहेको छ ।
मानवको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर अस्पताल प्रशासनले आकस्मिक सेवा टेन्ट लगाएर सञ्चालन गरेको छ भने आकस्मिक प्रसुती सेवा समेत संचालन गरेको अस्पतालका निमित्त मेसु डा. दिपा यादवले जानकारी दिनुभयो ।
मंसिर ५ गते राती प्रहरीको गोली लागि दुई जनाको मृत्यु भएपछि मंसिर ६ गते आन्दोलनरत मधेशी मोर्चाका कार्यकर्ताहरुले अस्पताल भित्रै रहेको प्रहरी भ्यान जलाएपछि प्रहरीले अस्पताल प्राङ्गण भित्र छिरेर चिकित्सक एवं कर्मचारीहरुलाई कुटपिट गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
- 2082/10/13 विपन्न विद्यार्थीहरुलाई झोला तथा स्टेशनरी वितरण
- 2082/10/13 नेशनल प्याब्सन सप्तरीका पुर्व अध्यक्ष साहको निधन
- 2082/10/13 रहेनन् पुराना काँग्रेसी भरत
- 2082/10/11 सप्तरीमा १ सय २ मध्ये २० जना महिला उम्मेदवार, पार्टीको टिकटबाट मात्र ७ जना तथा १३ जनाको स्वतन्त्र उम्मेदवारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ