News Category 2072/08/21
मोर्चाका चार नेता मधेश आन्दोलनका बारेमा जानकारी गराउन दिल्लीमा
दैनिक संवाददाता
राजविराज, २० मंसिर ।
मधेश आन्दोलनको बारेमा भारतीय नेताहरुलाई जानकारी गराउन आइतबार दिल्ली पुगेका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुले त्यहाँका नेताहरुलाई भेटघाट गर्ने क्रम शुरु गरेको छ ।
दिल्ली पुगेपछि मध्यान्ह १२ बजे जनता दल (यू) का अध्यक्ष शरद यादवले भेटेका छन् भने त्यसपछि करण सिहलाई भेटेका छन् । भेटमा मधेशी नेताहरुले मधेशमा जारी नाकाबन्दी भारतले होइन आफूहरुले गरेको बताउँदै नेपालका वर्तमान सरकारले भारतले नाकाबन्दी गरेको भ्रम फैलाई रहेको धारणा राखेका थिए ।
नेपाली शासकबाट मधेशीमाथि कसरी विभेद भइरहेको र कुन छलकपटले सविधान घोषणा गरेको लगायतका विषयहरु पनि त्यहाँ राखेको छ । मधेशी मोर्चाको नेताको कुरा सुनेपछि जनता दल (युनाइटेड) अध्यक्ष शरद यादवले सरकारले मधेशीसँग यो किसिमले विभेद गरेको छ भने अझै सशक्त आन्दोलन गर्न सुझाव दिएको छ ।
नाकाबन्दीबारे काँग्रेस (आई) का नेता करण सिंहसँग कुरा गरेका थिए । मोर्चाका नेताहरूले नाकाबन्दी भारतले होइन, आफूहरूले गरेको करण सिहलाई जानकारी गराएका थिए । जुन नाका सहज छ त्यहांबाट कुनै अवरोध नरहेको उनीहरुले प्रष्ट पारेका थिए ।
करण सिंहले नेपालको नयाँ संविधानमा कुन कुन विषयमा संशोधन चाहेको भन्ने जिज्ञासा राखेका थिए । नेताहरुले डिपी त्रिपाठीलाई भेटेपछि भारतीय सरकारले दिएको रात्रीभोजमा भारतीय विदेश मन्त्री सुष्मा स्वराजलगायतका नेताहरुसँग भेटघाट गरेका छन् ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो र महेन्द्र राय यादव आइतबार दिल्ली प्रस्थान गर्नुभएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मधेशी मोर्चाका चारै नेताहरुसँग सोमबार बिहान भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ