News Category 2072/08/22
नेपालको संविधान समावेशी हुनुपर्नेमा भारतको जोड मधेशी मोर्चाका नेताहरु दिनभरी भेटघाटमा व्यस्त
दैनिक संवाददाता
राजविराज, २१ मंसिर ।
भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपालमा जारी मधेस आन्दोलन सम्बोधन भएमात्र नेपाल–भारतबीच अहिले देखिएको परिस्थिति सहज हुने बताएकी छन ।
भारतको निमन्त्रणामा नयाँदिल्ली आइपुगेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेतासँग आइतबार भएको भेटमा स्वराजले त्यस्तो धारणा व्यक्त गरेकी हुन् । दिल्ली आएका मोर्चाका नेता महन्थ ठाकुर, राजेन्द्र महतो, उपेन्द्र यादव र महेन्द्र यादवलाई स्वराजले नयाँदिल्लीस्थित हैदराबाद हाउसमा रात्रिभोज पनि दिएकी थिइन् ।
त्यस क्रममा स्वराजले नेपालको संविधान बृहत् अपनत्वसहितको हुनुपर्ने, मधेस आन्दोलनको तत्काल राजनीतिक समाधान हुनुपर्ने र त्यसैका आधारमा परिस्थिति सहज हुने बताएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले जनाएका छन् । स्वरूपले स्वराजको भनाइ उद्धृत गर्दै ट्विट गरेका छन्, ‘नेपालको संविधान समावेशी हुनुपर्नेमा भारतले जोड दिँदै आएको छ ।’
यसैबीच मधेशी मोर्चाका नेताहरुले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गरेका छन् । तर, भेटघाटमा के के कुरा भएको भन्नेबारे यो समाचार तयार पारेसम्म खोलाइएको छैन् ।
यस्तै मोर्चाका नेताहरुले सोमबार नेपालका पूर्व राजदुत श्याम शरणसँग समेत भेद्धघाट गरेका छन् ।
यस्तै नयाँ दिल्ली भ्रमणमा रहेको सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भारतले भन्दैमा नेपालमा मधेसी मोर्चाले गर्दै आएको नाकाबन्दी नखोल्ने स्पष्ट पारेका छन । उनले सीमांकन टुङ्गो नलाग्दासम्म नाकाबन्दी नखोल्ने स्पष्ट पार्दै झापादेखि कञ्चनपुरसम्म मधेसमा दुई प्रदेश हुनुपर्ने अडान ब्यक्त गरे ।
महतोले तीन दलले भने जस्तो संसदीय वा राजनीतिक समिति गठन गरेर सीमांकनको विवाद टुङग्याउने कुरा आफुहरुलाई मान्य नभएको स्पष्ट पार्दै अघिल्लो सरकारले दर्ता गराएको संविधान संसोधन विद्येयक काम नलाग्ने दावी गरे । उनले भारतले नेपालको समस्यामा सहजीकरण गरेर अगाडि बढ्न मात्रै सुझाव दिएको नाका खोल्न भनेर नभनेको भन्दै भारतले भन्दैमा खुल्दा पनि नखुल्ने स्पष्ट पारे ।
महतोले भ्रमणमा भारतीय विदेशमन्त्री शुष्मा स्वराजले नाकाबन्दीको विषयमा सोधेको र आफूले भारतले नभई मधेसीले नाकाबन्दी गरेको स्पष्ट पारेको जानकारी दिदै मधेसको माग पुरा नभएसम्म आन्दोलनबाट ब्याक नहुने बताए ।
यसअघि दिल्ली भ्रमणमा रहनु भएका संयुक्त लोकतान्त्रीक मधेशी मोर्चाका प्रमुख नेताहरु आइतबार दिन भरी उच्च स्तरिया राजनितिक भेटघाटमा व्यस्त रहनु भयो । मधेशी मोर्चाका नेताहरुले जारी मधेश आन्दोलन बारे जानकारी गराउन भारतीय विभिन्न राजनीतिक दलका शिर्ष नेताहरुसँग भेटघाट गरी छलफल गरेका छन् । मधेशी मोर्चाका नेताहरुले आइतवार साँझ भारतीय विदेश मन्त्री सुष्मा स्वराजलाई भेटेर जारी मधेश आन्दोलन बारे जानकारी गराएका छन् । हैदराबाद हाउसमा मधेशी मोर्चा र भारतीय विदेश मंत्री सुषमा स्वराज बीच वार्ता भएको थियो ।
त्यस अघि मधेशी मोर्चाका नेताहरुले जनता दल (यू) का अध्यक्ष शरद यादव, कांग्रेस आई नेता करण सिंह, लगायत भारतीय कम्यूनिष्ट पार्टी मार्क्सवादीका महासचिव सीताराम येचुरीसंगको भेटवार्ता भएको थियो । त्यस्तै, राष्ट्रवादी कांग्रेस पार्टी महासचिवसंग भेटघाट गरेका थिए ।
भेटघाटको क्रममा कसले के के भने
सीताराम येचुरी (भारतीय कम्यूनिष्ट पार्टी मार्क्सवादीका महासचिव) ः मधेशी के साथ भेदभाव होता आया है, नेपाल के नए संविधान में भी मधेशी के साथ भेदभाव हुआ है । इस बात से इंकार नहीं किया जा सकता है । पिछले करीब चार महीने से चल रहे मधेश आन्दोलन का असर भारत पर भी पडा है। नेपाल भारत के बीच खुली सीमा होने के कारण मधेश के अशान्त रहने पर भारत पर असर पडना स्वाभाविक है । इसलिए मधेश का मुद्दा अब सिर्फ नेपाल का आन्तरिक मुद्दा नहीं रहा । मधेश के मुद्दे को लेकर भारत को अपना रूख स्पष्ट करना चाहिए । साथ ही भारत पर असर पडने के कारण नेपाल सरकार पर दबाब बनाना चाहिए ताकि यह मुद्दा सुलझाया जा सके । नेपाल में चल रहे मधेश आन्दोलन को लेकर भारत सरकार को तत्काल अपना रूख सार्वजनिक करनी चाहिए ।
येचुरीले मधेशी मोर्चाले गरि रहेको आन्दोलन र नाकाबन्दीको बारेमा जिज्ञासा राख्नु भयो । मोर्चाका नेताहरूले मधेशको मुद्दा संबोधन गरि दिन नेपालका वामपंथी दलहरूलाई दबाब दिन येचुरी संग आग्रह गरे । संविधानमा रहेका विभेदकारी प्रावधानबारे पनि मोर्चाका नेताहरूले जानकारी गराए ।
शरद यादव (अध्यक्ष, जनता दल (यू) ः मधेशी नेताहरूले आफ्ना कुरा निकै प्रष्टसँग राखे । मधेश मुद्दामा भारतको सत्ता पक्ष र विपक्षको एउटै स्वर होस् भन्ने आग्रह गरे । शरद यादवले यस्तो असामनताको संविधान बन्दा पनि भारत सरकार किन चुप लागेर बसेको भन्दै अझै कडा रूपमा प्रस्तुत हुनु पर्ने धारणा राख्नु भयो ।
करण सिंह नेता, कांग्रेस आई ः नाकाबन्दी बारे अस्पष्ट रहेका कांग्रेस आईका नेता करण सिंहलाई मधेशी मोर्चाका नेताहरूले नाकाबन्दी भारतले नगरेको, आफूहरूले गरेको र जुन नाका सहज छ त्यहाँबाट कुनै अवरोध नरहेको प्रष्ट पारेका छन् । करण सिंहले नेपालको नयां संविधानमा कुन कुन विषयमा संशोधन चाहेको भन्ने जिज्ञासा राखेका थिए । विभिन्न श्रोतबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/07 सप्तरीका दुई कार्यालयमा तालाबन्दी, व्यक्ति व्यक्तिले चिठी बिक्रि गरेको भन्दै शिक्षा विकास इकाई कार्यालय सप्तरीमा तालाबन्दी
- 2082/01/06 ५६ बोट बिरुवाहरु रोपेर नेवि संघले मनायो स्थापना दिवस
- 2082/01/06 राष्ट्रिय मुक्ती पार्टी नेपालको सप्तरीमा संगठन विस्तार अभियान सुरु
- 2082/01/05 विकास निर्माण कार्यलाई तिब्रता दिन सुझाव
- 2082/01/04 छिमेकीद्वारा विदेशमै ठगिएपछी नजिबुल्लाको परिवार विचल्लीमा परिवार विचल्लीमा
- 2082/01/03 पूजा रामको हत्या भएको भन्दै परिवारजनले दिए प्रहरीमा जाहेरी
- 2082/01/03 शोभायात्रा माथि आक्रमण गर्ने अपराधीलाई कडा कारवाहीको माग
- 2082/01/02 सुख, समृद्धि र शान्तिको लागि दीप प्रज्वलन
- 2082/01/02 ऐतिहासिक शम्भुनाथ मेला सुरु
- 2082/01/02 दुई महिनापछी सकुशल भेटिए रोशनी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ