News Category 2072/08/22
स्वास्थ्यकर्मीहरुको जायज मागलाई यथाशिघ्र पुरा गर्न राज्य पक्षसँग माग
दैनिक संवाददाता
राजविराज, २१ मंसिर ।
मधेशी मोर्चाले सप्तरीले जिल्लाका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको जायज मागलाई यथाशिघ्र पुरा गर्न राज्य पक्षसँग माग गरेको छ ।
मोर्चाका सुचना तथा संचार समितिका संयोजक अमरनाथ मण्डलद्वारा सोमबार जारी विज्ञप्तीमा सप्तरीका सम्पुर्ण संघसंस्थाहरु विगत दुई सात्तादेखि पुर्ण रुपमा ठप्प रहेका कारणले जिल्लाका विरामीहरुलाई दिनप्रतिदिन समस्या उत्पन्न हुनुका साथै बाध्यतावश धरान, विराटनगर लगायतका जिल्लामा उपचार गराउँन बाध्य भएका छन भने जिल्लावासीहरु बिचल्लीमा परिरहेको अवस्थामा सरकारी पक्षबाट हालसम्म आन्दोलनको मागलाई सम्बोधन नगर्नु सरकारी पक्षको गैर जिम्मेवारीपनको पराकाष्ठा नै नाघेको ठहर गरिएको छ ।
हस्ताक्षरित विज्ञप्तीमा राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालको हात्ताभित्र सुरक्षाकर्मी प्रवेश गरी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमागि गरिएको अमानविय तरिकाबाट निर्घात कुटपिट तथा दुव्यर्हारको विरोधमा सप्तरी जिल्लाका साथै मुलुकका अन्य जिल्लाहरुमा समेत चिकित्सक तथा स्वास्थयकर्मीहरुद्वारा सशक्त विरोध गरिरहेको अवस्थामा पनि सम्बन्धित निकायले ध्यान नदिएकोप्रति दुख ब्यक्त गर्दै स्वास्थ्यकर्मीहरुको आन्दोलनप्रतिम धेशी मोर्चाले समर्थन जनाउँदै स्वास्थ्यकर्मीको आन्दोलनलाई यथाशिघ्र सम्बोधन गरी दोषीमाथि कडा कार्वाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ ।
मधेशी मोर्चाका जिल्ला संयोजक सुनिल कुमार झाको अध्यक्षतामा आयोजित सो बैठकले सर्वसाधारणहरुलाई नाकाहरुबाट आवश्यक परेका उपभोग्य सामग्री तथा पेट्रोलियम पदार्थ तथा अन्य सामग्रीहरु राति नल्याई दिनमै ल्याउन मोर्चाले सबैसँग अनुरोध समेत गरिएको छ ।
जारी विज्ञप्तीमा मोर्चाले जिल्लाको विभिन्न नाकाहरुलाई अनुगमन र निरीक्षण गरी व्यवस्थित पार्न मोर्चाका सचिवालय सदस्यहरुलाई अनुगमन र निरीक्षणको लागि टोली बनाईएको र सो टोलीलाई नाकाहरुमा पठाएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
साथै अधिकार प्राप्तिको लागि निर्णायक मधेश आन्दोलनलाई अझ सशक्त रुपमा कडा पार्ने मोर्चाको निर्णय रहेकोले सो कार्यमा सम्पुर्ण जनसमुदायहरुलाई सदा झै सहयोगको अपेक्षा राख्दै यस निर्णायक आन्दोलनबाट अधिकार प्रभसप्त गरेरै नै छाडने प्रतिवद्धता समेत जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/28 पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए
- 2082/08/28 अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ