News Category 2072/08/23
आन्दोलनको प्रभाव अदालतमा पनि पाँच महिनाको अवधीमा मात्र २ सय ६७ मुद्दा फर्छयौट
दैनिक संवाददाता
राजविराज, २२ मंसिर ।
पुनरावेदन अदालत राजविराजले आर्थिक वर्ष २०७२÷७३ मा २ सय ६७ वटा मुद्दा मात्र फर्छयौैट गरेको छ । २०७२ साउनदेखी मंसिरसम्म पाँच महिनाको अवधीमा लक्ष्य भन्दा करिब १ हजार ३ सयको संख्यामा मुद्दा कम फर्छयौट भएको पुनरावेदन अदालतका रजिष्टार मान बहादुर कार्कीले जानकारी दिनुभयो ।
पुनरावेदन अदालत राजविराजले मंगलबार संचारकर्मीसँग गरेको अन्तरक्रिया कार्यक्रममा सो तथ्याङक सार्वजनिक गर्दै रजिष्टार कार्कीले भन्नुभयो, “मुलुकमा जारि वर्तमान अवस्थाका कारण कम मात्रामा मुद्दा फर्छैयौट भयो ।”
२०७१ सालबाट २ हजार ५९ मुद्दा जिम्मेवारी र २०७२ सालमा ३ सय ९८ वटा मुद्दा नयाँ दर्ता भई जम्मा २ हजार ४ सय ५७ मुद्दा जम्मा लागत रहेको रजिष्टार कार्कीले जानकारी दिनुभयो । जसमा २०७२ साल साउन महिनामा १५, भदौंमा २६, असोजमा २१, कात्तिक मा १५ र मंसिरमा २४ वटा नयाँ मुद्दा दर्ता भएको बताउनुभयो ।
जम्मा २ हजार ४ सय ५७ मुद्दा मध्ये साउन महिनामा १ सय ९६, भदौं महिनामा २७, असोज महिनामा १६, कात्तिक महिनामा २० र मंसिर महिनामा ८ गरि जम्मा २ सय ६७ वटा मुद्दा फर्छयौट भएको उहाँले बताउनुभयो । यो फर्छयौट संख्या जम्मा मुद्दा संख्याको ६.१० प्रतिशत हो ।
यस्तै चालु आर्थिक वर्षमा मेलमिलापको १३ मुद्दा प्रक्रियामा रहेको छ । त्यस्तै चालु आर्थिक वर्षको साउन २० गतेपछी १७ वटा बन्दीप्रत्यक्षीकरणको रिट दायर भएकोमा १५ वटा फर्छयाटै भएको तथा फर्छयौट भएको ३ वटाको आदेश जारि भएको जानकारी दिनुभयो । यस्तै १२ वटा खारेजी र तामेली भएको अवस्था रहेको जनाइएको छ ।
सोही अन्तरक्रियामा पुनरावेदन अदालतका मुख्य न्यायाधिश इश्वर खतिवडाले अदालतले गर्दै आएको समुदायसँग अदालतको पहुँच कार्यक्रम जारि परिस्थिति सहज भएको गरिने बताउनुभयो । उहाँले जारि मधेश आन्दोलनका कारण गत साउन २९ गतेदेखी अदालतको कामकाज ठप्प रहेकाले नियामित कामकाज समेत प्रभावित भएको उल्लेख गर्नुभयो ।
मुख्य न्यायाधिश खतिवडाले भन्नुभयो, “कानुन व्यवसायीसमेतले जारि परिस्थितिमा बहस गर्न सक्दौंन भनेर लिखित पत्र पठाएका छन् ।” उहाँले यस जटिल परिस्थतिमा बाँकी रहेको मुद्दा थन्किएपछि पीडक र पीडित दुबैपक्ष झनै पीडित बनेका छन् । उहाँले यस्तो परिस्थितिमा अदालत जस्तो संवेदनशिल कार्यालयमा कामकाज गर्ने वातावरण बनाइदिन सम्पूर्ण पक्षलाई पहल गर्न आग्रह समेत गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ