News Category 2072/08/26
प्रहरी विरुद्ध सप्तरीका स्वास्थ्यर्मीहरुद्वारा बिरामीसहित प्रदर्शन
दैनिक संवाददाता
राजविराज, २५ मंसिर ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरुमाथि प्रहरीद्वारा गरिएको दमनको विरुद्धमा विगत २० दिनदेखी उनीहरु आन्दोलनरत रहेका छन् । जसकारण जिल्लाका सम्पूर्ण स्वास्थ्य संस्था बन्द रहेको छ ।
गत मंसिर ६ गते जिल्लाको गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल हाताभित्र प्रहरीले अस्पतालका चिकित्सक, कर्मचारीहरुलाई कुटपिट गरेको थियो ।
यसैबीच जिल्लाभरीका स्वास्यकर्मीहरु शुक्रबार राजविराजमा नाटकीय रुपमा बिरामी बोकेर प्रहरी प्रशासनको विरुद्धमा बृहत दबाबमूलक ¥याली निकालेका छन् ।
सप्तरीका सुरक्षा प्रमुखहरु एसपी, डिएसपी तथा सशस्त्र प्रहरीका एसपीलाई तत्काल निलम्बन गर्नुपर्ने, सुरक्षाको पुर्ण ग्यारेन्टी हुनुपर्ने र घाईतेहरुको उपचार तथा उचित क्षतिपुर्तिको माग गर्दै अस्पतालको इमरजेन्सी सेवा समेत विगत तिन सात्तादेखि ठप्प पारी जिल्लाभरीका सम्पुर्ण स्वास्थ्यकर्मी आन्दोलित बनेका छन ।
संयुक्त संघर्ष समिति सप्तरीको अगुवाईमा सरकार तथा सम्बन्धित निकायलाई दबाव दिनका लागि अस्पतालमा चिकित्सक, स्वास्थयकर्मी तथा कर्मचारीहरु मथि भएको कुटपिट तथा अमानविय व्यवहार बन्द गर, प्रहरी प्रशासन मुर्दावाद, स्वास्थ्यकर्मीहरुको जायज माग अविलम्व पुरा गर भन्ने नाराका साथ अस्पतालको प्राङ्गणबाट हजारौ स्वास्थ्यकर्मीहरुको सहभागितामा निकालिएको दबाब ¥याली नगरको विभिन्न भागको परिक्रमा गरेको थियो ।
नगर परिक्रमा पश्चात् बिरामी सहितको दबाबमूलक ¥याली जिल्ला प्रशासन कार्यालय पुगेको थियो । त्यहा पुगेपछि प्रमुख जिल्ला अधिकारी नारायण भट्टले सक्दो छिट्ै समस्याको समाधान गर्नतर्फ आफू लागिपरेको बताउनुभयो ।
सो दबावमूलक ¥यालीमा जिल्लाभरीका सम्पुर्ण स्वास्थ्यकर्मीहरुका साथै डेन्टल डाक्टरहरु, नेपाल औषधि व्यवसायी संघ, अस्पताल विकास समिति कर्मचारी युनियन सहित विभिन्न कार्यालयका कर्मचारी, जिल्लाभरीका निजामती कर्मचारीसहित हजारौको सहभागिता रहेको थियो ।
यता विगत लामो समयदेखि जिल्लाभरीका स्वास्थ्य संस्थाहरु ठप्प हुँदा हजारौ जिल्लाबासीहरु सेवाबाट बञ्चित हुनुका साथै छिमेकी धरान, विराटनगर र भारत गएर उपचार गराउँन बाध्य भएका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/07 सप्तरीका दुई कार्यालयमा तालाबन्दी, व्यक्ति व्यक्तिले चिठी बिक्रि गरेको भन्दै शिक्षा विकास इकाई कार्यालय सप्तरीमा तालाबन्दी
- 2082/01/06 ५६ बोट बिरुवाहरु रोपेर नेवि संघले मनायो स्थापना दिवस
- 2082/01/06 राष्ट्रिय मुक्ती पार्टी नेपालको सप्तरीमा संगठन विस्तार अभियान सुरु
- 2082/01/05 विकास निर्माण कार्यलाई तिब्रता दिन सुझाव
- 2082/01/04 छिमेकीद्वारा विदेशमै ठगिएपछी नजिबुल्लाको परिवार विचल्लीमा परिवार विचल्लीमा
- 2082/01/03 पूजा रामको हत्या भएको भन्दै परिवारजनले दिए प्रहरीमा जाहेरी
- 2082/01/03 शोभायात्रा माथि आक्रमण गर्ने अपराधीलाई कडा कारवाहीको माग
- 2082/01/02 सुख, समृद्धि र शान्तिको लागि दीप प्रज्वलन
- 2082/01/02 ऐतिहासिक शम्भुनाथ मेला सुरु
- 2082/01/02 दुई महिनापछी सकुशल भेटिए रोशनी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ