News Category 2072/08/26
हरुवा चरुवप्रति सरकार संवेदनशिल छैन् ः वक्ताहरु
दैनिक संवाददाता
राजविराज, २५ मंसिर ।
हरुवा चरुवाको मुक्तिका लागि विगत दुई दशकदेखी संघर्ष गरिरहेको भूमिहिन हरुवा चरुवाको दोश्रो जिल्ला अधिवेशन शुक्रबार सप्तरीको मधुपट्टी गाविसमा सुरु भएको छ ।
हरुवा चरुवा अधिकार मञ्च सप्तरीका अध्यक्ष दशन मण्डलले हरुवा चरुवो औजारको रुपमा प्रयोग गर्ने हलो उठाएर अधिवेशनको उद्घाटन गर्नुभयो ।
उद्घाटन समारोहमा वक्ताहरुले मेधशमा ५८ हजार हरुवा चरुवा रहेको स्मरण गराउँदै जुनसुकै सरकार आएपनि हरुवा चरुवाको समस्याप्रति संवेदनशिल नरहेको आरोप लगाएका छन् ।
उनीहरुले मुुलुकमा विभिन्न मुक्ति आन्दोलन हुँदा समेत हरुवा चरुवाको अवस्था जहाको त्यही रहेको बताउँदै सरकारे हालसम्म पनि कुनै ठोस नीति बनाउन नसकेको तथा वार्षिक बजेटमा कुनै स्थान नदिएको प्रति गुनासो व्यक्त गरेका छन् ।
वक्ताहरुले सिनो बहिष्कार आन्दोलन सप्तरीकै मधुपट्टी गाविसबाट सुरु भएको बताउँदै अहिले सम्पूर्ण राजनीतिक दहरुले हरुवा चरुवाकै मुद्दा उठाएर राजनीति गरिरहेको आरोप समेत लगाए । उनीहरुले आगामी दिनहरुमा हरुवा चरुवाहरु अझ सशक्त भएर मुक्तिका लागि आन्दोलन गर्नुपर्ने सुझाव समेत दिएका छन् ।
जनचेतना दलित संगम, फ्रिडम फोरमको सहयोग तथा हरुवा चरुवा अधिकार मञ्च सप्तरीको आयोजनामा आयोजित उद्घाटन सत्रमा फ्रिडम फोरमका हरि जोशी, भूमि आन्दोलनका अगुवा बलदेव राम, कमैया आन्दोलनका अगुवा रामदयाल चौधरी, कम्लहरि आन्दोलनकी अगुवा कौशला चौधरी, भूमि अधिकार मञ्चकी तुलादेवी राम, दलित संरक्षण केन्द्रका राजेश राम, हुर्क नेपालका पार्थो सरकार, तपेश्वरी समाजका प्रदीप जोशी,दलित अभियानका अगुवा एवं पत्रकार अर्जनु थपलिया, कमल नारायण चौधरी लगायतका वक्ताहरुले अधिवेशनको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रमको उद्देश्य बारे जनचेतना दलित संगमका कार्यकारी निर्देशक गणेश कुमार रामले प्रकाश पार्नु भएको थियो भने कार्यक्रममा शारदा चौधरीले स्वागत मन्तव्य दिनु भएको थियो । कार्यक्रममै विभिन्न साँस्कृति नाचगान समेत देखाइएको थियो । दुई दिनसम्म चल्ने सो अधिवेशनमा सप्तरीका हरुवा चरुवाहरुको उपस्थिति रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ