News Category 2072/08/26
अस्पताल भित्रका इमरजेन्सी र बाहिरका एक औषधी पसल खुल्ने
दैनिक संवाददाता
राजविराज, २५ मंसिर ।
स्वास्थ्यकर्मीहरुको आन्दोलनलाई समर्थन गर्दै राजविराज नगरक्षेत्र भित्रका सम्पूर्ण औषधी पसलहरु शुक्रबार बिहान ६ बजेदेखी १० बजेसम्मका लागि बन्द गरिएको छ ।
नेपाल औषधि ब्यवसायी संघ सगरमाथा अंचल कमिटि औषधी व्यवसायी संघर्ष समितिको नेतृत्वमा मंसिर २५ गतेदेखी पुस २ गतेसम्म सो समय अवधीमा औषधी पसलहरु बन्द गर्ने निणर्य गरिएको हो ।
संघर्ष समितिका संयोजक प्रमोद कुमार यादवद्वारा शुक्रबार जारि विज्ञप्तिमा औषधी सम्बन्धी संवेदनशिलताका कारण सगरमाथा अंचल अस्पताल हाताभित्रको इमरजेन्सी औषधी पसल सधैं र अस्पताल बाहिरका २६ गते निरज फार्मेसी, २७ गते अभिषेक फार्मेसी, २८ गते माझी मेडिकल, २९ गते कोशी फार्मेसी, पुस १ गते गंगा लीला मेडिकल र २ गते जनआशीर्वाद मेडिकल खुल्ला रहने जनाइएको छ ।
यसअघि गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई प्रहरीले कुटपिट गरेको भन्दै आन्दोलनरमा उत्रेका स्वास्थ्यकर्मीहरुको माग ४८ घण्टाभित्र सम्बोधन नभएको भन्दै उनीहरु सो निर्णय गरेका हुन् । औषधि व्यवसायी संघर्ष समिति सप्तरीका संयोजक प्रमोद कुमार यादवको नेतृत्वमा मंसिर २२ गते जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री समक्ष ज्ञापनपत्र पठाएका थिए ।
यसअघि अल्टिमेटमको अवधिमा जिल्लाका सम्पुर्ण औषधि व्यवसायीहरु हातमा कालोपटी बाँधेर पसल संचालन गरेका थिए । यता अस्पतालको सम्पुर्ण कामकाज ठप्प पारी विगत तीन सात्तादेखि जिल्लाभरीका सम्पुर्ण स्वास्थ्यकर्मीहरु स्वास्थ्य सेवा ठप्प पारी अस्पतालको प्राङ्गणमा धर्ना कार्यक्रमलाई निरन्तरता दिदै आएका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
- 2082/12/19 मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ