News Category 2072/08/27
एक सय २ वटा बुँदाहरुमा संशोधन आवश्यक ः अनिल झा
राजविराज÷नेपाल सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष अनिलकुमार झाले जारि भएको नेपालको संविधानमा १ सय २ वटा बुँदाहरुमा संशोधन गर्नु पर्ने आवश्यक रहेको बताउनु भएको छ ।
शनिबार बिहान राजविराजमा नेपाल सद्भावना पार्टी जिल्ला कार्य समिति सप्तरीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष झाले आफूहरुको संघीय समावेशी मधेशी गठबन्धनले संविधानको एक सय २ वटा बुँदाहरुलाई समेटेर ९ बुँदे माग सरकारसमक्ष प्रस्तुत गरेको जानकारी दिनुभयो ।
उहाँले सोही ९ बुँदे मागहरु सरकारले पुरा गर्न सक्यो भने सम्पूर्ण मधेशीको माग पुरा हुने दाबी गर्नुहुँदै विगत एक सय २० दिनदेखी जारि मधेश आन्दोलन स्वःस्र्फुत ढंगले फिर्ता हुने बताउनुभयो ।
अध्यक्ष झाले अहिलेको आन्दोलन कुनै समुदायलाई लक्षित गरेर नभएको प्रस्ट पार्दै आन्दोलन अंश र वंशका लागि भएको जिकिर गर्नुभयो ।
उहाँले बिदेशी बुहारीलाई नेपालको छोरा सरह अधिकार, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र, एक मधेश दुई प्रदशे, नेपाल प्रहरीलाई प्रदेशको अधिनमा रहनुपर्ने लगायतका मागहरु ९ बुँदे मागमा सारिएको बताउनुभयो ।
उहाँले अहिले मधेशवादी दलहरु पनि एक मधेश एक प्रदेशलाई छोडेर दुई प्रदेशमा आएको स्मरण गराउँदै सरकारले पनि एक कदम पछाडी हट्नु पर्नेमा जोड दिनुभयो ।
एक अर्को प्रसङ्गमा अध्यक्ष झाले मधेशमा जारि १ सय २० दिनको आन्दोलनका क्रममा राज्यपक्ष केही नरम भएको दाबी समेत गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
- 2082/12/19 मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ