News Category 2072/08/28
स्वास्थ्यकर्मीहरुको मागलाई सम्बोधन गर्न मोर्चाको माग
दैनिक संवाददाता
राजविराज, २७ मंसिर ।
मधेशी मोर्चा सप्तरीले अस्पतालको आन्दोलनप्रति दुःख ब्यक्त गर्दै अविलम्व स्वास्थ्यकर्मीहरुको मागलाई सम्बोधन गरी दोषीलाई कडा भन्दा कडा कारवाीहको लागि जोडदार रुपमा माग गरेको छ ।
मोर्चाका सुचना तथा संचार समितिका संयोजक अमरनाथ मण्डलद्वारा आईतबार जारी विज्ञप्तीमा चिकित्सक तथा स्वास्थ्यकर्मी माथि भएको दुव्र्यवहार तथा कुटपिटको विरोधमा आन्दोलित स्वास्थ्यकर्मीहरुलाई समर्थन र एक्यवद्धता जनाउन सम्पुर्ण नागरिक समाज, बुद्धिजिवी, व्यापारी, युवा, विद्यार्थी तथा सम्पुर्ण सर्वसाधारणहरुसँग मोर्चाले अपिल समेत गरेको छ ।
विज्ञप्तीमा गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल राजविराज परिसरमा सुरक्षाकर्मी प्रवेश गरी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि गरिएको निर्घात कुटपिट तथा दुव्र्यवहरको विरोधमा सप्तरी सहित देशभरीकै चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आन्दोलनरत रहेको तथा जिल्लाका सम्पुर्ण स्वास्थ्य संस्थाहरु विगत २१ दिनदेखि बन्द हुँदा जिल्लाबासीहरुलाई समस्या परिरहेकोले अस्पतालको समस्या अविलम्व सम्बोधन गर्नुपर्ने जोडदार रुपमा माग गरिएको छ ।
साथै मधेशमा विगत चार महिनादेखि जारी अधिकार प्राप्तिको निर्णायक आन्दोलन उचाईमा पुगिरहेको अवस्थामा अबको निर्णायक आन्दोलनलाई अझ सशक्त बनाउँन मोर्चा सबै पक्षसँग आग्रह गर्दै जारी आन्दोलन अधिकार प्राप्त नभएसम्म जारी रहने जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ