News Category 2072/09/14
तपलोपाद्वारा शाहदत परिवारजन सम्मानित
दैनिक संवाददाता
राजविराज, १३ पुस ।
तराई मधेश लोकतान्त्रिक पार्टीको ८ औं स्थापना दिवसको अवसरमा सोमबार राजविराजमा आयोजित कार्यक्रममा जारि मधेश आन्दोलनका क्रममा शाहदत प्राप्त गरेका परिवारहरुलाई सम्मानित गरिएको छ ।
तराई मधेश लोकतान्त्रिक पार्टी सप्तरीद्वारा आयोजित कार्यक्रममा सप्तरीबाट शाहदत प्राप्त ६ जनाका परिवारजनलाई सम्मानित गरिएको हो ।
कार्यक्रममा सप्तरीको भारदह १ का राजिव राउतकी पत्नी निलम राउत, भारदह ५ का रामकृष्ण राउतकी पत्नी सुदामा राउत, जमुनी मधेपुरा ६ का नागेश्वर यादवकी पत्नी सुष्मा यादवलाई तमलोपाकी केन्द्रिय सदस्य साधन झाले तथा ढाडा ४ का बिरेन्द्र रामका पिता सकलदेव राम, जमुनी मधेपुरा ३ शिवशंकर दासका पिता नारायण दासलाई दोसल्ला ओढाएर तमलोपाका जिल्ला अध्यक्ष रामप्रित यादवले सम्मान गर्नुभयो । यस्तै राजविराज ३ का दिलिप साहका परिवारजनलाई समेत सम्मानित गरियो ।
सोही कार्यक्रममा शाहदत प्राप्त गरेकाहरुको छोराछोरीहरुलाई जाडोमा लगाउन ज्याकेट समेत प्रदान गरिएको थियो ।
यस्तै आन्दोलनलाई कलम मार्फत थप बल पु¥याएको भन्दै नेपाल पत्रकार महासंघ सप्तरीका कार्यबाहक अध्यक्ष श्रवणकुमार देव र मधेशी पत्रकार संघका जिल्ला अध्यक्ष श्यामसुन्दर यादवलाई समेत सम्मान गरिएको छ ।
तमलोपा जिल्ला अध्यक्ष रामप्रित यादवको अध्यक्षतामा आयोजित सो कार्यक्रममा सदभावना पार्टीका केन्द्रिय सदस्य दिपेन्द्र चौधरी, नेकपा (माओवादी)का केन्द्रिय सदस्य महेश प्रसाद यादव, तमलोपाका केन्द्रिय सदस्य साधना झा, मधेशी मोर्चाका सचिवालय सदस्य सत्य नारायण यादव, सदभावना पार्टीका जिल्ला अध्यक्ष सुनिल कुमार झा, मधेशी निजामती कर्मचारी संघका जिल्ला अध्यक्ष अजय कुमार झा लगायतका बक्ताहरुले मधेश आन्दोलनमा शहादत प्राप्त गरेकाहरुको सपना मधेशको अधिकार सुनिश्चितता भएमात्र पुरा हुने विश्वास ब्यक्त गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ