News Category 2072/09/14
तपलोपाद्वारा शाहदत परिवारजन सम्मानित
दैनिक संवाददाता
राजविराज, १३ पुस ।
तराई मधेश लोकतान्त्रिक पार्टीको ८ औं स्थापना दिवसको अवसरमा सोमबार राजविराजमा आयोजित कार्यक्रममा जारि मधेश आन्दोलनका क्रममा शाहदत प्राप्त गरेका परिवारहरुलाई सम्मानित गरिएको छ ।
तराई मधेश लोकतान्त्रिक पार्टी सप्तरीद्वारा आयोजित कार्यक्रममा सप्तरीबाट शाहदत प्राप्त ६ जनाका परिवारजनलाई सम्मानित गरिएको हो ।
कार्यक्रममा सप्तरीको भारदह १ का राजिव राउतकी पत्नी निलम राउत, भारदह ५ का रामकृष्ण राउतकी पत्नी सुदामा राउत, जमुनी मधेपुरा ६ का नागेश्वर यादवकी पत्नी सुष्मा यादवलाई तमलोपाकी केन्द्रिय सदस्य साधन झाले तथा ढाडा ४ का बिरेन्द्र रामका पिता सकलदेव राम, जमुनी मधेपुरा ३ शिवशंकर दासका पिता नारायण दासलाई दोसल्ला ओढाएर तमलोपाका जिल्ला अध्यक्ष रामप्रित यादवले सम्मान गर्नुभयो । यस्तै राजविराज ३ का दिलिप साहका परिवारजनलाई समेत सम्मानित गरियो ।
सोही कार्यक्रममा शाहदत प्राप्त गरेकाहरुको छोराछोरीहरुलाई जाडोमा लगाउन ज्याकेट समेत प्रदान गरिएको थियो ।
यस्तै आन्दोलनलाई कलम मार्फत थप बल पु¥याएको भन्दै नेपाल पत्रकार महासंघ सप्तरीका कार्यबाहक अध्यक्ष श्रवणकुमार देव र मधेशी पत्रकार संघका जिल्ला अध्यक्ष श्यामसुन्दर यादवलाई समेत सम्मान गरिएको छ ।
तमलोपा जिल्ला अध्यक्ष रामप्रित यादवको अध्यक्षतामा आयोजित सो कार्यक्रममा सदभावना पार्टीका केन्द्रिय सदस्य दिपेन्द्र चौधरी, नेकपा (माओवादी)का केन्द्रिय सदस्य महेश प्रसाद यादव, तमलोपाका केन्द्रिय सदस्य साधना झा, मधेशी मोर्चाका सचिवालय सदस्य सत्य नारायण यादव, सदभावना पार्टीका जिल्ला अध्यक्ष सुनिल कुमार झा, मधेशी निजामती कर्मचारी संघका जिल्ला अध्यक्ष अजय कुमार झा लगायतका बक्ताहरुले मधेश आन्दोलनमा शहादत प्राप्त गरेकाहरुको सपना मधेशको अधिकार सुनिश्चितता भएमात्र पुरा हुने विश्वास ब्यक्त गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ