News Category 2072/09/15
सद्भावना अध्यक्ष महतोको स्वास्थ्यलाभको कामना गर्दै मृत्युञ्जय पाठ
दैनिक संवाददाता
राजविराज, १४ पुस ।
प्रहरीको लाठी प्रहारबाट घाइते हुनुभएका सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै मंगलबार राजविराजमा मृत्युञ्जय पाठ गरिएको छ ।
मधेशी मोर्चाका नेता÷कार्यकर्ताहरुले विधीपूर्वक स्थानीय शिव मन्दिर प्राङ्गणमा मृत्युञ्जय पाठ गरी विशेष पूजापाठ गरेका हुन् । आचार्य अमोद झाले मृत्युञ्जय पाठ गर्नुभएको थियो । सद्भावनाका केन्द्रिय सदस्य दिपेन्द्र चौधरी र जिल्ला अध्यक्ष सुनिल झा पूजामा सहभागी हुनुहुथ्यो ।
अध्यक्ष महतो चाँडै निको हुने विश्वासका धार्मिक विधी अनुसार मृत्युञ्जय पाठ गरी पूजापाठ तथा हवन गरिएको विद्यार्थी मंचका राष्ट्रिय अध्यक्ष किशोर कुमार यादवले जानकारी दिनुभयो ।
सोही कार्यक्रममा मधेशी मोर्चा सप्तरीका संयोजक कपिलदेव यादव, सदभावना पार्टीका केन्द्रीय सदस्यद्वय दिपेन्द्र चौधरी, अमरनाथ मंडल, विद्यार्थी मंचका राष्ट्रिय अध्यक्ष किशोर कुमार यादव, संघिय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्यद्वय शैलेन्द्र प्रसाद साह, अशोक कुमार यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डल, नेपाल सदभावना पार्टीका केन्द्रीय सदस्य जयप्रकाश सिंह, नेपाल सदभावना पार्टीका गजेन्द्रवादीका केन्द्रिय सदस्य सावित्री पंडित, मोर्चाका नेता सत्यनारायण यादव, मोर्चाका नगर संयोजक उमेश साह, मोर्चाका क्षेत्रिय संयोजक लक्ष्मण यादव, नेपाल सदभावना पार्टीका अध्यक्ष सुबी यादव, मधेश रक्षा बाहिनी प्रमुख विनोद यादव, महिला मंचकी केन्द्रिय महासचिव पुनम् यादव, युवा विद्यार्थी मोर्चाका जिल्ला संयोजक शम्भु यादव, सह संयोजक तारकेश्वर यादव, सदस्यद्वय दिनेश शर्मा, विशाल यादव, संजीव दास लगायतका नेता तथा कार्यकर्ता लगायतको उपस्थिति रहेको थियो ।
शनिबार विराटनगरको रानी नाकामा धर्ना बसेको बेला प्रहरीले गरेको लाठी प्रहारबाट महतो गम्भीर घाइते हुनुभएका थिए । विराटनगरस्थित गोल्डेन हस्पिटलमा प्रारम्भिक उपचारपछि अहिले उहाँको धरानस्थित वि.पि. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/28 संविधान संशोधन वा पुनःलेखनको बिकल्प छैन ः उपेन्द्र यादव
- 2082/10/28 पिएम कप प्रदेश छनोटमा रौतहट बिजयी, फाइनलमा धनुषासँग भिड्ने
- 2082/10/27 काँग्रेसले चुनाव होइन, चुनावले काँग्रेसलाई खोजेको हो ः काँग्रेस सभापति थापा
- 2082/10/27 मधेशवादका प्रणेता स्व. सिंहप्रति सम्मान
- 2082/10/27 घण्टी बजाउँदै बालेनले गरे बजार क्षेत्र परिक्रमा
- 2082/10/27 जसपा नेपालका केन्द्रीय सदस्य यादव रास्वपामा प्रवेश
- 2082/10/26 चुनावी घोषणापत्र मार्फत विभिन्न एजेन्डाहरु सार्वजनिक गरेपनि कार्यान्वयन भने फितलो
- 2082/10/26 जागिर छाडेर चुनावी मैदान
- 2082/10/25 सुशासन र स्थिर सरकारका लागी मेरो उम्मेदवारी ः रास्वपा उम्मेदवार साह
- 2082/10/25 स्रोत नखुलेको १३ लाख रकमसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ