News Category 2072/09/16
‘मिथिलारत्न’ बाट आचार्य सम्मानित
दैनिक संवाददाता
राजविराज, १५ पुस ।
विगत लामो समयदेखि साहित्यिक क्षेत्रमा क्रियाशील नन्दलाल आचार्यलाई नेपाली भाषाको क्षेत्रमा विशिष्ट योगदान पु¥याए वापत भारतको मुम्बईमा ‘मिथिलारत्न’ बाट सम्मानित गरिएको छ ।
उहाँलाई अन्तर्राष्ट्रिय मैथिली समाजको १२ औं सम्मेलनमा ‘मिथिलारत्न’ सम्मानद्वारा सम्मानित गरिएको हो ।
उदयपुर जिल्लाको तपेश्वरी–१ घर भई सप्तरीको राजविराजमा बसेर उहाँले लामो समयदेखी नेपाली भाषाको क्षेत्रमा योगदान पु¥याउदै आउनु भएको छ ।
सम्मेलनका महासचिव डा. बैद्यनाथ चौधरी बैजुको अध्यक्षता र बिहार सरकारका शहरी विकास मन्त्री महेश्वर हजारीको प्रमुख आतिथ्यतामा पुस ७ र ८ गते सम्पन्न समारोहमा आचार्यलाई सम्मानित गरिएको हो ।
सगरमाथा साहित्य परिषद्का सचिव आचार्य हाल सप्तरीको विषहरिया गाविसस्थित महाबीर मा. वि. मा शिक्षण पेशामा कार्यरत छन् । आचार्यका ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ नाटक एकांकी संग्रह प्रकाशित छ भने ‘गरिमा’ निबन्ध संग्रह, ‘टुक्के दिदी र उखाने दाइ’ बाल एकांकी संग्रह प्रेसमा छन् । गरिमा, मधुपर्क, शारदा, मुना, शब्दाङ्कुंर, रचना, अभिव्यक्ति, शब्द संयोजन, बालबगैचा, मिथिला मासिकलगायत दर्जनौ साहित्यिक पत्रिकाहरुमा उनका लेखरचना प्रकाशित छन् ।
उक्त अवसरमा नेपालका आचार्यसहित हिन्दी, मैथिली, बंगाली, मराठी, उर्दु भाषा, साहित्य, कला, संस्कृतिमा विशिष्ट योगदान दिएका एक दर्जन भारतीय साहित्यकारहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा बिहारका नगर विकास एवं आवास मन्त्री महेश्वर हजारी, महाराष्ट्रका विधायक हितेन्द्र ठाकुर, संस्कृत विश्वविद्यालय बाराणसीका कुलपति डा. देवनारायण झा, सांसद प्रभात झा, पदमश्री शारदा सिन्हा, पण्डित कमलकान्त झालगायतकाले मन्तव्य तथा रचना प्रस्तुत गरेका थिए ।
सम्मेलनमा साहित्यकारहरु आचार्यसहित रामभरोस कापडि ‘भ्रमर’, डा. रामदयाल राकेश, प्रा.डा. पशुपतिनाथ झा, अयोध्यानाथ चौधरी, करुणा झा, बिमलकान्त झा, राजाराम सिंह राठोर, गायक नविन मिश्र, कलाकार रोहित साहले भाग लिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/28 संविधान संशोधन वा पुनःलेखनको बिकल्प छैन ः उपेन्द्र यादव
- 2082/10/28 पिएम कप प्रदेश छनोटमा रौतहट बिजयी, फाइनलमा धनुषासँग भिड्ने
- 2082/10/27 काँग्रेसले चुनाव होइन, चुनावले काँग्रेसलाई खोजेको हो ः काँग्रेस सभापति थापा
- 2082/10/27 मधेशवादका प्रणेता स्व. सिंहप्रति सम्मान
- 2082/10/27 घण्टी बजाउँदै बालेनले गरे बजार क्षेत्र परिक्रमा
- 2082/10/27 जसपा नेपालका केन्द्रीय सदस्य यादव रास्वपामा प्रवेश
- 2082/10/26 चुनावी घोषणापत्र मार्फत विभिन्न एजेन्डाहरु सार्वजनिक गरेपनि कार्यान्वयन भने फितलो
- 2082/10/26 जागिर छाडेर चुनावी मैदान
- 2082/10/25 सुशासन र स्थिर सरकारका लागी मेरो उम्मेदवारी ः रास्वपा उम्मेदवार साह
- 2082/10/25 स्रोत नखुलेको १३ लाख रकमसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ