News Category 2072/09/18
गठबन्धनद्वारा साप्ताहिक आन्दोलनका कार्यक्रम सार्वजनिक
दैनिक संवाददाता
राजविराज, १७ पुस ।
संघीय समावेशी मधेशी गठबन्धनद्वारा सरकारलाई पेश गरिएको ९ सुत्रिय माग पुरा गराउन आन्दोलनका साप्ताहिक विभिन्न कार्यक्रमहरु सार्वजनिक गरेको छ ।
गठबन्धका तर्फबाट रामसपाका अध्यक्ष शरतसिंह भण्डारी, नेसपाका अध्यक्ष अनिल झा, फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव र तमरा अभियानका संयोजक जयप्रका गुप्ताद्वारा जारि विज्ञप्तिमा हाल जारि आम हड्तालका कार्यक्रमहरुलाई अझ प्रभावकारी रुपमा निरन्तरता दिने जनाइएको छ ।
यस्तै पुस १९ गते मधेशका सबै सहर बजारका व्यापारी, व्यवसायी, कलकारखाना, सबै खाले यातायात व्यवसायी, शिक्षण संस्थाहरु, किसान, मजदुर, छात्रजगत, नागरिक समाज, पत्रकार, सरकारी गैर सरकारी कार्यालयहरु, बुद्धिजिवि, शिक्षक प्राध्यापक, नागरिक तथा सबै वर्ग र पेशाका व्यक्ति र समुदायमा अपील तथा अनुरोध गर्ने कार्यक्रम रहेको छ ।
यसैगरि पुस २० गते मधेशका जिल्लाहरुमा सदरमुकाममा अहिलेको विकसित परिस्थितिको सन्दर्भमा सबै सम्मिलित अन्तरक्रिया गरि सशक्त आन्दोलनका कार्यक्रमहरुको तयारी गर्ने । त्यस्तै पुस २२ गते सदरमुकाम र क्षेत्रहरुको महत्वपूर्ण बजारमा कोण सभा आयोजना तथा २४ गते लालटिन जुलुस र २५ गते मसाल जुलुस प्रदर्शन गर्ने निर्णयहरु सार्वजनिक गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/11 “लेखनाथ आदर्श पुस्तकालय” को हल निर्माणका लागि प्रक्रिया सुरु
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ