News Category 2072/09/18
गठबन्धनद्वारा साप्ताहिक आन्दोलनका कार्यक्रम सार्वजनिक
दैनिक संवाददाता
राजविराज, १७ पुस ।
संघीय समावेशी मधेशी गठबन्धनद्वारा सरकारलाई पेश गरिएको ९ सुत्रिय माग पुरा गराउन आन्दोलनका साप्ताहिक विभिन्न कार्यक्रमहरु सार्वजनिक गरेको छ ।
गठबन्धका तर्फबाट रामसपाका अध्यक्ष शरतसिंह भण्डारी, नेसपाका अध्यक्ष अनिल झा, फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव र तमरा अभियानका संयोजक जयप्रका गुप्ताद्वारा जारि विज्ञप्तिमा हाल जारि आम हड्तालका कार्यक्रमहरुलाई अझ प्रभावकारी रुपमा निरन्तरता दिने जनाइएको छ ।
यस्तै पुस १९ गते मधेशका सबै सहर बजारका व्यापारी, व्यवसायी, कलकारखाना, सबै खाले यातायात व्यवसायी, शिक्षण संस्थाहरु, किसान, मजदुर, छात्रजगत, नागरिक समाज, पत्रकार, सरकारी गैर सरकारी कार्यालयहरु, बुद्धिजिवि, शिक्षक प्राध्यापक, नागरिक तथा सबै वर्ग र पेशाका व्यक्ति र समुदायमा अपील तथा अनुरोध गर्ने कार्यक्रम रहेको छ ।
यसैगरि पुस २० गते मधेशका जिल्लाहरुमा सदरमुकाममा अहिलेको विकसित परिस्थितिको सन्दर्भमा सबै सम्मिलित अन्तरक्रिया गरि सशक्त आन्दोलनका कार्यक्रमहरुको तयारी गर्ने । त्यस्तै पुस २२ गते सदरमुकाम र क्षेत्रहरुको महत्वपूर्ण बजारमा कोण सभा आयोजना तथा २४ गते लालटिन जुलुस र २५ गते मसाल जुलुस प्रदर्शन गर्ने निर्णयहरु सार्वजनिक गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ