News Category 2072/09/19
सद्भावना पार्टीद्वारा साप्ताहव्यापी छुट्टै आन्दोलनका कार्यक्रम घोषणा
राजविराज÷संघीय लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध सद्भावना पार्टीले छुट्टै आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
सद्भावना पार्टी जिल्ला कार्य समिति सप्तरीले शनिबार पत्रकार सम्मेलनको आयोजना गरि पुस १९ देखि २७ गतेसम्मको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । सो आन्दोलनका कार्यक्रमहरु मोर्चासँगको समन्वयमा नै बनाइएको सद्भावना पार्टीका केन्द्रिय सदस्य दिपेन्द्र चौधरीले जानकारी दिनुभयो ।
आयोजित पत्रकार सम्मेलनमा पुस १९ गते धार्मिक वा सार्वजनिक स्थलमा प्रार्थना सभा गर्ने, २० गते एक घन्टा मौन व्रत, २१ गते भित्ते लेखन, २२ गते साइकलदेखि ठेला, बौलगाढासम्ममा कालो झण्डा राख्ने र हातमा कालो पट्टी बाँध्ने र २३ गते शहिदको सम्झनामा मैनवत्ती बाल्ने कार्यक्रम रहेको जनाइएको छ ।
यस्तै पुस २४ गते भारतसहित विश्वभर रहेका आफन्तलाई मधेस आन्दोलनबारे इमेल, फेसबुक म्यासेजमार्फत जानकारी दिने, २५ गते अन्य दलका सांसदलाई पार्टी छाडेर आउन दबाव दिन हस्ताक्षर संकलन गर्ने, २७ गते मधेस आन्दोलन १५० दिन पुगेको दिन एक दिन उपवास बस्ने कार्यक्रम सार्वजनिक गरिएको छ ।
पार्टीका जिल्ला उपाध्यक्ष माधवी मण्डलको अध्यक्षतामा आयोजित सो पत्रकार सम्मेलनमा केन्द्रिय सदस्य अमरनाथ मण्डल, विद्यार्थी मञ्चका केन्द्रिय अध्यक्ष किशोर कुमार यादव, महिला मञ्चकी महासचिव पुन यादव लगायतको उपस्थित रहेको थियो ।
यस्तै शनिबारै आन्दोलनका कार्यक्रमहरु काठमाडौं लगायत अन्य जिल्लाहरुमा पनि सार्वजनिक गरिएको छ । यता सद्भावनाका अध्यक्ष राजेन्द्र महता अहिले दिल्लीको मेदान्त अस्पतालमा उपचाररत हुनुहुन्छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ