News Category 2070/02/28
सप्तरीमा पूर्व राजाको भव्य स्वागत
दैनिक संवाददाता
राजविराज, २७ जेठ ।
पूर्व राजा ज्ञानेन्द्र शाह सप्तरी आउनुभएको छ । एक दिने भ्रमणका क्रममा सोमबार यहाँ आउनुभएका पूर्व राजाले जिल्लाको बिभिन्न मठमन्दिरमा पूजापाठ गर्नुभएको छ ।
बिहान ११ः३० बजेतिर सदरमुकाम राजविराज प्रवेश गरेका पूर्व राजाको भव्य स्वागत गरिएको छ । राजविराज प्रवेश गर्ने मुख्य नाका रुपनी रोडसहित बिभिन्न ठाउँमा सर्वसाधारण जनताले स्वागत गरेका छन् । उनलाई स्वागत गर्न हजारौं जनता आएका थिए ।
स्वागत ग्रहणपछि दिउँसो तीन बजेसम्म एक होटेलमा आराम गर्नुभएको पूर्व राजा शाह यसपछि भारदहस्थित प्रसिद्ध कंकालिनी मन्दिरमा गएर पूजापाठ गर्नुभएको छ । भारदहमा जम्मा भएका हजारौं सर्वसाधारणले उहाँको स्वागत गरेका थिए ।
पूजापाठ र दर्शन पश्चात पूर्व राजाले मन्दिरको विकासका निम्ति रु. दुई लाख नगद प्रदान गर्नुभयो । कंकालिनी मन्दिर विकास समितिका अध्यक्ष गजेन्द्र माझीलाई उक्त रकम हस्तान्तरण गरियो ।
कंकालिनीमा दर्शन पश्चात पूर्व राजा शाह जिल्लाको हनुमाननगरस्थित हनुमान मन्दिरमा समेत दर्शन र पूजापाठ गर्नुभएको छ । हनुमाननगरमा पनि पूर्व राजालाई स्वागत गर्न हजारौं जनता भेला भएका थिए । उक्त मन्दिरमा पनि पूर्व राजाले रु एक लाख नगद सहयोग वापत प्रदान गर्नुभयो ।
राजविराज, भारदह र हनुमाननगरका जनताहरुले ‘राजा आऊ देश बचाऊ’, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ जस्ता नाराहरु लगाएका थिए ।
यसबाहेक राजविराजबाट कंकालिनी मन्दिरतर्फ जाने क्रममा रुपनगर र कंचनपुरमा केहि बेर ओर्लेर जनताको स्वागत ग्रहण गर्नुभएको थियो । स्वागत ग्रहण गर्ने क्रममा उहाँ पैदलै हिंड्नुभएको थियो । पूर्व राजा आएको सूचना पाएर जिल्लाको ठाउँ–ठाउँमा सर्वसाधारणहरु फूल लिएर उभिरहेका थिए । राजविराज–भारदह सडक खण्ड अन्तर्गत हरेक ठाउँ र चोकहरुमा सर्वसाधारणको घुइँचो थियो ।
फर्किने बेलामा राजविराजस्थित सगरमाथा अंचल अस्पतालदेखि जनआन्दोलन चोकसम्म सर्वसाधारणको लामो भिंड लागेको थियो ।
पूर्व राजा सप्तरी आएर पहिला शम्भुनाथ गाविसस्थित शम्भुनाथ मन्दिरमा पूजापाठ गर्ने यसअघि निर्धारित कार्यक्रम भएपनि उहाँ सिधै राजविराज पुग्नुभएको थियो । राजविराजको राजदेवी मन्दिरमा पनि सोमबारै पूजापाठ गर्ने तय भएपनि उहाँ यस मन्दिरमा पनि पूजापाठ गर्नुभएन् । उहाँ सोमबार राजविराजमै बस्ने र मंगलबार सिरहातर्फ लाग्ने स्वागत समितिका संयोजक बिनोद पाण्डेयले जानकारी दिनुभयो ।
पूर्व राजाको भ्रमणअघि बिभिन्न दल निकट विद्यार्थी संगठनहरुले सोमबार बिहान राजविराजमा प्रदर्शन गर्नुका साथै यातायात ठप्प पारेका थिए । यसअघि आइतबार साँझ पूर्व राजालाई स्वागत गर्न बनाइएको स्वागत द्वारहरु तोड्फोड गरिनुका साथै आगजनी गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/03/10 कर्मचारीको धर्ना जारि, नगरपालिकाको आपसी विवादले ४२ वटा सामुदायिक विद्यालय संचालन एवं व्यवस्थापनमा असर
- 2082/03/10 एसपी खतिवडाको कार्यकालमा चार सय ४ फरार प्रतिवादी पक्राउ, एक सय १ वर्ष १० महिना १० दिन कैद भुक्तानका लागि कारागार चलान
- 2082/03/09 रुपनी गाउँपालिकाले ल्यायो ४८ करोड ४३ लाखको बजेट
- 2082/03/09 ट्याक्टर पल्टिदा चालकको मृत्यु
- 2082/03/09 वडा नं. ३ को नवनिर्मित भवनको उद्घाटन
- 2082/03/09 लैङ्गिक हिंसा रोक्न सडक नाटक मार्फत सन्देश
- 2082/03/08 नगरपालिका कर्मचारीको धर्ना यथावत, सर्वदलिय बैठकको निर्णय बारे आफूहरुलाई कुनै जानकारी छैन् ः अध्यक्ष देव
- 2082/03/08 चार दिनअघि मात्र मुख्यमन्त्रीले शुभारम्भ गरेका विद्युतको ट्रान्सफर्मर तोडफोड
- 2082/03/08 दुई मोटरसाईकल एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु
- 2082/03/07 पक्राउ परेका मण्डल थप आधा दर्जन अपराधमा संलग्न रहेको प्रहरीको खुलासा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ