News Category 2072/09/29
मोर्चाद्वारा बिरोध जुलुस प्रदर्शन
दैनिक संवाददाता
राजविराज, २८ पुस ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको पूर्व घोषित कार्यक्रम अनुसार मंगलबार सम्पूर्ण मधेशका जिल्लाहरुको सदरमुकाममा जुलुस प्रर्दशन गरेको छ ।
यस्तै सो कार्यक्रम अनुसार सप्तरी सदरमुकाम राजविराजमा पनि बिरोध जुलुस प्रदर्शन गरिएको छ । स्थानिय शिव मन्दिरको प्राङ्गनबाट मधेशी मोर्चा सप्तरीले निकालेको जुलुस नगरको विभिन्न स्थानको परिक्रमा गर्दै जनआन्दोलन चौकमा बिरोध सभामा परिणत भएको थियो ।
सो बिरोध सभामा वक्ताहरुले मधेश आन्दोलनको पाँच महिनासम्पन्न भई छैठो महिनामा प्रवेश गरिसकेको अवस्थामा सरकारले मधेशीको मागप्रति वेवास्ता गरेको आरोप लगाउँदै आन्दोलन निर्णायक मोडमा पुगिसेको अवस्थामा सम्पूर्ण मधेशी जनताहरुलाई आन्दोलनमा सहयोग गर्न अपील गरेका छन् ।
मधेशी मोर्चा सप्तरीका संयोजक कपिलदेव यादवको अध्यक्षतामा आयोजित बिरोध सभामा संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य अशोक कुमार यादव, नेपाल सदभावना पार्टी गजेन्द्रवादीकी केन्द्रिय सदस्य सावृत्रि पण्डित, नेकपा (माओवादी)का उपसंयोजक प्रभाकर सिंह, मधेशी मोर्चाका क्षेत्रिय अध्यक्ष लक्ष्मण यादव, युवा विद्यार्थी मोर्चाका संयोजक तारकेश्वर यादव, तराई मधेश राष्ट्रिय अभियानका जिल्ला सदस्य लाल मोहम्मद राईन, सदभावना पार्टीका नगर अध्यक्ष अमरकान्त झा, तराई मधेश सदभावना पार्टीका जिल्ला उपाध्यक्ष गोपाल झा, नेकपा (माओवादी)का जिल्ला सदस्य भगवति यादव, महिला नेतृद्वय रमिला साह, गिता यादव, सदभावना पार्टीकी सुशिला यादव, तराई मधेश लोकतान्त्रि पार्टीका क्षेत्रिय अध्यक्ष महेन्द्र खंग, सदभावना पार्टीका ४ न. क्षेत्रका क्षेत्रिय अध्यक्ष कमलदेव यादव, मधेशी मोर्चा मलेठका रामकिसुन यादव लगायतका बक्ताहरुले आआफनो धारणा राख्नुभएको थियो ।
यसअघि मोर्चाले पुस २५ गते आन्दोलनका थप नयाँ कार्यक्रमहरु सार्वजनिक गर्दै सीमा नाकामा धर्ना आन्दोलनलाई यथावत राखेको छ ।
जस अनुसार ३० गते आन्दोलनका क्रममा सरकारद्वारा गरिएको हिंसा, हत्या एवं दमन सम्बन्धि फोटो, चित्र तथा बृत्तचित्र प्रदर्शन गर्ने, माघ २ गते लाठी जुलुस प्रदर्शन गर्ने, ४ गते मसाल जुलुस प्रदर्शन, ५ गते सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्ने तथा बलिदान दिवस मनाउने र ७ गते गाउँ नगरसम्म विरोध सभा गर्ने तथा जारी आन्दोलनका क्रममा भइरहेको अन्य कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/07 निर्वाचन आचारसंहिता पालना गर्न प्रेस काउन्सिलको आग्रह
- 2082/11/07 नेजपाको फरक शैलीमा चुनावी अभियान
- 2082/11/07 प्रजातन्त्र दिवसमा प्रभातफेरी
- 2082/11/06 मधेसले सिङ्गो देशलाई पाल्ने तागत बोक्न सक्ने बनाउने काँग्रेस सभापति थापाको प्रतिज्ञा
- 2082/11/06 आचारसंहिताको पालना गर्नुपर्नेमा जोड
- 2082/11/06 चारलाख भन्दा बढीको सामान भन्सार बुझाईयो
- 2082/11/05 क्षेत्र नं. ३ मा विभिन्न पार्टी र स्वतन्त्र गरी २२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा
- 2082/11/05 एमाले परित्याग गरेका पूर्वमन्त्री देव नेपाली काँग्रेसमा प्रवेश
- 2082/11/05 आम जनता पार्टीका उम्मेदवार दासले जनाधिकार पार्टीलाई दिए समर्थन
- 2082/11/05 निर्वाचन लक्षित सुरक्षामा खटिए नेपाली सेना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ