News Category 2072/09/29
आवश्यक परे नयाँ शक्तिले पहल गर्ने ः वरिष्ठ अभियानता झा
दैनिक संवाददाता
राजविराज, २८ पुस ।
नयाँ शक्ति निर्माण अभियान सप्तरीले मंगलबार राजविराजमा मधेशी मुक्ति आन्दोलन र नयाँ शक्तिबीच अन्तरसम्बन्ध विषयमा विचार गोष्ठी सम्पन्न गरेको छ ।
सो गोष्ठीमा नयाँ शक्ति अभियानका २ नं. प्रदेश संयोजक रामचन्द्र झाले जारि मधेश आन्दोलनमा नयाँ शक्तिको पूर्ण समर्थन रहेको जिकिर गर्दै आन्दोलनरत पक्षको मागलाई राज्य पक्षले बिना हिचकिचाहट सम्बोधन गर्नुपर्ने बताउनुभयो ।
नयाँ शक्तिका वरिष्ठ अभियानता समेत रहेका झाले मधेशमा दुई प्रदेश नै हुनुपर्ने उल्लेख गर्दै आन्दोलनरत पक्ष र सरकारबीच हुने सम्झौतामा आवश्यक परे नयाँ शक्तिले पहल समेत गर्न पछाडी नपर्ने बताउनुभयो । उहाँले मधेशीहरुको माग जायज रहेको भन्दै सरकार यसलाई सम्बोधन नगरे मुलुकमा अर्को द्वन्द्व उत्पन्न हुने सक्ने खतरा समेत रहेको उल्लेख गर्नुभयो ।
नयाँ शक्ति निर्माण अभियान सप्तरीका संयोजक अरुण कुमार साहको अध्यक्षतामा आयोजित विचार गोष्ठीमा नयाँ शक्ति अभियानका केन्द्रिय अभियानताद्वय महेन्द्र पासवान र रामरिझन यादव, छेदी रजक, पुनरावेदन बार इकाईका पूर्व अध्यक्ष श्याम नारायण साह, अधिवक्ताद्वय विष्णु कुमार मण्डल, अशोक कुमार यादव, शिक्षक कैलाश यादव, अखिल नेपाल स्वास्थ्यकर्मी संगठनका डम्बर नारायण साह, आम मूल निवासी मुक्ति मोर्चाका केन्द्रिय उपाध्यक्ष झबर रामलगायतका बक्ताहरुले जारि मधेश आन्दोलनबारे विचार व्यक्त गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/07 निर्वाचन आचारसंहिता पालना गर्न प्रेस काउन्सिलको आग्रह
- 2082/11/07 नेजपाको फरक शैलीमा चुनावी अभियान
- 2082/11/07 प्रजातन्त्र दिवसमा प्रभातफेरी
- 2082/11/06 मधेसले सिङ्गो देशलाई पाल्ने तागत बोक्न सक्ने बनाउने काँग्रेस सभापति थापाको प्रतिज्ञा
- 2082/11/06 आचारसंहिताको पालना गर्नुपर्नेमा जोड
- 2082/11/06 चारलाख भन्दा बढीको सामान भन्सार बुझाईयो
- 2082/11/05 क्षेत्र नं. ३ मा विभिन्न पार्टी र स्वतन्त्र गरी २२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा
- 2082/11/05 एमाले परित्याग गरेका पूर्वमन्त्री देव नेपाली काँग्रेसमा प्रवेश
- 2082/11/05 आम जनता पार्टीका उम्मेदवार दासले जनाधिकार पार्टीलाई दिए समर्थन
- 2082/11/05 निर्वाचन लक्षित सुरक्षामा खटिए नेपाली सेना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ