News Category 2072/09/30
सप्तरीमा नगर र गाउँ परिषद् हुन सकेनन्
दैनिक संवाददाता
राजविराज, २९ पुस ।
पुस मसान्तभित्रै सम्पन्न गरिसक्नुपर्ने नगर र गाउँ परिषद् पुस महिना सकिन लाग्दासमेत सप्तरीमा अझै हुन सकेका छैनन् ।
संयुक्त मधेसी मोर्चाको लामो आमहड्ताल र आन्दोलनका कारण पुस मसान्त सकिन लाग्दासमेत सप्तरीको कुनै पनि गाविस र नगरपालिकाको गाउँ र नगर परिषद् हुन नसकेको गाविसका सचिवले बताएका छन् ।
स्थानीय स्वायत्त शासन ऐनअनुसार पुस मसान्तभित्रमा गाउँ परिषद् र नगरपरिषद् गरिसक्नुपर्ने व्यवस्था भएपनि मोर्चाको आमहड्ताल र आन्दोलनका कारण हालसम्म कुनै पनि नगर र गाउँ परिषद् हुन नसकेको जिल्ला विकास समिति सप्तरीका प्रशासन प्रमुख सुभाष मण्डलले बताउनुभयो ।
सप्तरीमा ९१ गाविस र ५ वटा नगरपालिका रहेपनि हालसम्म कुनै गाविस र नगरपालिकाको परिषद् हुन सकेको छैन । गाउँ परिषद् गर्न गाविस सचिवलाई निर्देशन दिएपनि आमहड्ताल र आन्दोलनका कारण कुनै गाविसमा परिषद् हुन नसकेका हो ।
स्थानीय स्वायत्त शासन ऐनबमोजिम पुस मसान्तभित्रमा गाउँ परिषद् र नगरपरिषद् सम्पन्न गर्न सकिए गाविस र नगरपालिकालाई न्यूनतम सर्त मापन एमसीपिएममा उत्तीर्ण हुन अङ्क पाइन्छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
- 2082/12/19 मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ