News Category 2072/09/30
ग्लोबलको शेयर सदस्य ११ हजार पुग्यो
दैनिक संवाददाता
राजविराज, २९ पुस ।
ग्लोबल बहुमुखी सहकारी संस्था राजविराजले बुधबार आफ्नो १५ औं वर्षिक साधारण सभा सम्पन्न गरेको छ ।
सहकारीका माध्यमबाट गरिवी निवारण, विपन्न समुदायको जीवनस्तरमा सुधार, महिला स्वरोजगार तथा बचत गर्ने प्रवृत्तिको विकास गर्ने उद्देश्यले २०५७ सालमा स्थापना भएको संस्थामा हाल ११ हजार शेयर सदस्य रहेका छन् । २५ जना शेयर सदस्य तथा उनीहरुबाट संकलित शेयर सदस्य शुल्क बापतको १ लाख २५ हजार रुपैयाँबाट शुरु भएको ग्लोबल हाल ३५ करोड रुपैयाँको कारोवार गरेको छ ।
संस्थाले अहिले जिल्लाको विभिन्न गाविसमा गरिवी निवारण, महिला स्वरोजगार, सीप विकास, नेतृत्व विकास, लघुवित्त कर्जा, एम्बुलेन्स सेवा, आयमूलक, प्रजनन, स्वास्थ्य, परेवा, गाई पालन लगायतका कार्यव्रmम सँगसँगै नौलो र सिर्जनशील अवधारणा, “मुठिया बचत योजना र विकास कार्यव्रmम” (दैनिक एकमुठी चामल बचत गर्ने कार्यव्रmम) लगायतका गतिविधी बढाउँदै शेयर सदस्य संख्या र कारोवार बढाउन सफल भएको छ ।
सहकारीले १५ औं वार्षिक साधारण सभा बुधबार यहाँ मनाउने व्रmममा कार्यवाहक अध्यक्ष भोला रमण उप्रेतीले संस्थाका पदाधिकारी, शेयर सदस्य, स्वयंसेविका तथा सहकर्मीहरुको व्रिmयाशीलताले नै सफलता प्राप्त भएको बताउनुभयो ।
संस्थाका संस्थापक अध्यक्ष एवम् लघुवित्त विज्ञ सुखराम यादवद्वारा प्रतिपादीत “मुठिया बचत योजना र विकास कार्यव्रmम” निकै लोकप्रिय भएकाले संस्थाले फर्को मार्नसकेको कार्यवाहक अध्यक्ष उप्रेतीको भनाई थियो ।
संस्थापक अध्यक्ष सुखराम यादवले यसपटक मधेश आन्दोलनका कारण विभिन्न कार्यव्रmममा सोचे जति काम गर्न नसकिए पनि थोरै बहुत काम गरेर २ लाख ३८ हजार ५ सय २२ रुपैयाँ खुद नाफा गरेको साधारण सभामा जानकारी गराउनुभयो ।
समाजसेवा, परोपकार, सीप र नेतृत्व विकास तथा बचत सँस्कृतिको विकास मूल उद्देश्य बोकेको उक्त संस्थाले विगत १५ वर्षदेखि शिक्षा, स्वास्थ्य र स्वरोजगारतर्पm पनि विशेष कार्यव्रmम लागु गरेको संस्थाका वित्तीय प्रवन्धक पंकज पोखरेलले बताउनुभयो ।
यस्तै आफ्ना सदस्यहरुलाई स्वरोजगारका लागि शीप विकास र आयआर्जनमूलक तालिम दिनुका साथै लघुवित्त र विना धितो कर्जा उपलब्ध गराउँदै आएको र चाँडै नै सिंचाई क्षेत्रमा समेत आफ्नो गतिविधी अघि बढाउने तैयारी थालिएको संस्थाका फिल्ड इन्चार्ज राम नारायण मेहताले जानकारी दिनुभयो ।
संस्थाका कार्यवाहक अध्यक्ष भोला रमण उप्रेतीको अध्यक्षता एवम् समाजसेवी मञ्जु श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित साधारण सभामा प्रेस काउन्सिलका सदस्य मुरली प्रसाद यादव, सर्वजनिक सरोकार केन्द्र, सप्तरीका अध्यक्ष राम कुमार यादव, डा. काशिनाथ यादव, पत्रकार महासंघ सप्तरीका कोषाध्यक्ष एम.के.माझी, संस्थाका संस्थापक सदस्य उमेश प्रसाद यादव, स्वयंसेविका फुलकुमारी राम, स्थानीय कलाकार जिवछ दास, स्वयंसेवक विरेन्द्र सदा, कर्मचारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जोगेन्द्र प्रसाद देव, महिला उद्यमी संघका कोषाध्यक्ष ललिता मण्डल लगायतले शुभकामना दिनु भएको थियो ।
संस्थाकी सञ्चालक समिति सदस्य लिला ठाकुरले स्वागत गरेकी कार्यव्रmममा लेखा संयोजक गणेशी साहले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाले हाल ११ जना कर्मचारी र २ सय ७५ जना महिला स्वयंसेविकालाई रोजगारी प्रदान गर्दै आफ्ना गतिविधीहरु सञ्चालन गर्दै आएको छ ।
यसैबीच साधारण सभाको बन्द सत्रले संस्थाका कार्यवाहक अध्यक्ष उप्रेतीलाई अध्यक्ष, सञ्चालक सदस्य मुरली प्रसाद यादवलाई उपाध्यक्ष तथा रिक्त रहेको सञ्चालक सदस्य पदमा शेयर सदस्य विरेन्द्र सदालाई आगामी ४ वर्ष कार्यकालका लागि सर्वसम्मतले चयन गरिएको सो संस्थाले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/07 निर्वाचन आचारसंहिता पालना गर्न प्रेस काउन्सिलको आग्रह
- 2082/11/07 नेजपाको फरक शैलीमा चुनावी अभियान
- 2082/11/07 प्रजातन्त्र दिवसमा प्रभातफेरी
- 2082/11/06 मधेसले सिङ्गो देशलाई पाल्ने तागत बोक्न सक्ने बनाउने काँग्रेस सभापति थापाको प्रतिज्ञा
- 2082/11/06 आचारसंहिताको पालना गर्नुपर्नेमा जोड
- 2082/11/06 चारलाख भन्दा बढीको सामान भन्सार बुझाईयो
- 2082/11/05 क्षेत्र नं. ३ मा विभिन्न पार्टी र स्वतन्त्र गरी २२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा
- 2082/11/05 एमाले परित्याग गरेका पूर्वमन्त्री देव नेपाली काँग्रेसमा प्रवेश
- 2082/11/05 आम जनता पार्टीका उम्मेदवार दासले जनाधिकार पार्टीलाई दिए समर्थन
- 2082/11/05 निर्वाचन लक्षित सुरक्षामा खटिए नेपाली सेना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ