News Category 2070/05/07

मतदाता नामावलीमा नाम दर्ता गराउन घुइ“चो

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, ६ भदौ । 
मतदाता परिचयपत्रमा तस्वीर खिचाउनका लागि निर्वाचन आयोगले पछिल्लो पटक थपेको एक साताको समयमा सप्तरीमा मतदाता नामावलीमा नाम दर्ता गराउन सर्वसाधारणको चाप बढेको छ ।
पछिल्लो पटक थपिएकोे पहिलो दिन भदौ १ गते ५६, भदौ २ गते १ सय ७१, भदौ ३ गते २ सय ४७, भदौ ४ गते ३ सय ८५, भदौ ५ गते ६१ र भदौं ६ गते ५ सय ४२ गरि १ हजार ४ सय ६२ जनाले तस्बिरसहितको मतदाता नामावली नाम दर्ता गराएको जिल्ला निर्वाचन अधिकृत प्रदीप साहले जानकारी दिनुभयो । 
तीन वर्षदेखि नै फोटोसहितको मतदाता नामावली नाम दर्ता कार्यक्रम सञ्चालन भएका बेला सप्तरीमा २ लाख ९३ हजार ४ सय ४५ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका थिए । सो क्रममा फोटो खिचाउन र नाम दर्ता गराउन नपाएका सर्वसाधारणहरु दलहरु गाउँ केन्द्रीत चुनावी अभियान शुरु गरेपछि उत्साहित भएर नाम दर्ता गराउन आउने गरेको जिल्ला निर्वाचन अधिकृत साहले बताउनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट