News Category 2072/10/21
काँग्रेस राजविराज नगर सभापतिमा शम्भु देव बिजयी
दैनिक संवाददाता
राजविराज, २० माघ ।
नेपाली काँग्रेस राजविराज नगर समितिको मंगलबार सम्पन्न अधिवेशनबाट शम्भुलाल देवको प्यानल विजयी भएको छ ।
मंगलबार सम्पन्न नगर अधिवेशनको बुधबार बिहान सम्पन्न मत परिणाम अनुसार शम्भुलाल देव ८१ मत अन्तरले बिजयी हुनुभएको हो । उहाँले ३ सय ९ मत प्राप्त गर्नुभएको छ भने उहाँको प्रतिद्वन्द्वी प्रभातकुमार ललनले २ सय २८ मत प्राप्त गर्नुभयो ।
त्यस्तै सचिवमा शत्रुघन प्रसाद साह ६२ मतले विजयी हुनुभएको छ । साहले २ सय ९५ मत ल्याउनु भएको छ भने उहाँको प्रतिद्वन्द्धी दिपक चौधरीले २ सय ३३ मत ल्याउनु भयो ।
त्यस्तै कोषाध्यक्षमा मेराज अंसारी ६३ मत ल्याएर विजयी हुनुभएको छ । उहाँले २ सय ९२ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिद्धन्दी बिमल श्रेष्ठले २ सय २६ मत ल्याउनु भयो ।
त्यसैगरि सदस्यहरुमा अरुण कुमार काँवरा २ सय ६२, फैयाज अंसारी २ सय ५१, विजय कुमार साह ३ सय २, कृष्ण मोहन साह २ सय ७८, अजय सिंह २ सय ५६, दिप नारायण साह ३ सय ५, बिनोद कुमार झा २ सय ४६ र रमेश प्रसाद साह ३ सय ३९ मत प्राप्त गरि विजयी हुनुभएको छ ।
त्यस्तै नेपाली काग्रेसको नगर अधिवेशनबाट नगर क्षेत्रिय प्रतिनिधिहरुमा दलित तर्फ चन्द्रकला परियार २ सय ५८, कमल परियार २ सय ९१ र शिवजी चौहानले २ सय ५७ मत ल्याएर विजयी हुनुभएको छ ।
त्यसैगरि आदिवासी जनजातितर्फ श्याम प्रसाद खड्गी २ सय ५३, शिवचरण मण्डल २ सय ३६ र निरज कुमार खड्गी २ सय ९४ मत ल्याएर विजयी हुनुभएको छ भने मधेशी, मुस्लिम, अल्पसंख्यक र पिछडिएको तर्फबाट प्रदिप कुमार साह २ सय ४४, विजय कुमार चौधरी २ सय ५४ र प्रदीप सिंह २ सय ६० मत ल्याएर विजयी हुनुभएको हो ।
यसअघि आन्दोलनरत मधेशी मोर्चाले सोमबारको नगर अधिवेशन बिथोलेपछि मंगलबार सो नगर अधिवेशन सम्पन्न भएको थियो ।
यसैबीच नवनिर्वाचित काँग्रेस राजविराज नगर सभापति शम्भुलाल देवले एक विज्ञप्ति जारि गर्दै १३औं अधिवेशन र निर्वाचनबाट सभापतिमा निर्वाचित गराउनु हुने सम्पूर्ण क्रियाशिल सदस्य मतदाताहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै आभार प्रकट गर्नुभएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/15 जनमुखीको २४ साधारण सभा सम्पन्न
- 2082/09/14 छोरालाई विषादी खुवाएर हत्या गरेको आरोपमा आमा पक्राउ
- 2082/09/14 चिसो बढेपछी विद्यालयमा बिदा
- 2082/09/14 ईन्डो– नेपाल क्रिकेटमा पाहुना टोलीलाई पराजित गर्दै सप्तरीको विजयी शुरुवात
- 2082/09/14 अग्निपीडित परिवारलाई राहत
- 2082/09/13 चिसो बढेपछी सप्तरीका दुई पालिकाको विद्यालय बन्द
- 2082/09/13 विष्णुपुर सप्तरीको चौथो बाल विवाहमुक्त पालिका
- 2082/09/13 दाउरा बाँड्दै नगरपालिका
- 2082/09/11 धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव
- 2082/09/11 ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ