News Category 2072/10/23
तरकारी हटियामा महिलाबाटै हिंसामा परिन् अर्की महिला
दैनिक संवाददाता
राजविराज, २२ माघ ।
महिलामाथी पुरुषले हिंसा गरेको सुन्न र देख्न प्रसस्त पाइन्छ । तर, राजविराजस्थित अतिव्यस्त बीच हटियामा शुक्रबार एक महिलामाथी हिंसा भएको छ, तर ती महिलामाथी पुरुषले नभई स्वयम महिलाबाटै नै हिंसामा परेकी हुन् । हिंसामा उत्रेकी ती महिलाद्वारा पीडितको एक मुठ् िकपाल नै उखाल्न भ्याईन् ।
हिंसा पनि थरिथरिका हुन्छन् । तर, यो हिंसा भनेको एउटा सामान्य तरकारीको बिषयलाई लिएर भएको विवादपछिको स्थिति हो ।
राजविराज १ स्थित हटियामा राजविराज २ पडरीया निवासी शुशिला देवी चौधरी तरकारी, चामल, च्युरा लगायतका सरसामान बिक्रि गरेर जिविका पार्जन गर्दै आएकी छिन् । सधा झैं उनी शुक्रबार पनि हटियामा विक्रि गर्नका लागि सरसामान थापेर बसेकी थिइन् ।
तर, शुक्रबार साँझ ५ बजेतिर सुलोचना देवी र निजकी छोरी कल्पना साहले आफ्नो घरको अगाडी बिक्री गर्न तरकारी पसल किन थापेको भन्दै सुशिलामाथि जाईलागिन् । शुक्रवारको घटना पहिलो पटक भएको हईन् । यसअघि पनि सुशिलालाई उनीहरुले तरकारी पसलकै विषयलाई लिएर विवाद गर्दैआएकी थिईन् । तर, शुक्रवार उक्त विवाद कुटपिटमा परिणत भयो । घरधनी सुलोचनाकी छोरी कल्पनाले सुशिलासित तरकारी मागेको र सुशिलाले एकछिनमा दिन्छु भन्नु विषय नै कुटपिटमा परिणत भएको थियो ।
उक्त क्रममा सुशिलामाथि भएको कुटपिटबाट निजको एक मुठ्ठी कपाल नै दुबै जनाले उखाल्दै गम्भिर घाईते बनाउन पुगेँ । घटनास्थलमा भेटिएका स्थानियहरुले यसअघि पनि घरधनी सुलोचना र निजका परिवारका सदस्यहरुले शुशिलासँग तरकारी निःशुल्क नै लिएर जाने गरे बताएका छन् ।
घटनापछि आक्रोशित बनेका स्थानीयबासिन्दा र तरकारी पसलेहरुले सुलोचनाको घरमा ढुंगामुडासमेत ग¥यो । ढुंगामुडाबाट घरको झ्यालमा लगाईएको सिसासमेत फुटेको छ । घटनाको जानकारी पाएर जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक हिरण्य यादव नेतृत्वको प्रहरीले टोलीले पीडित महिलालाई उपचरार्थ अस्पताल पु¥याईएको भने आक्रोशित समूहको भिडलाई साम्य गरेको थियो ।
यसैबीच प्रहरीले घटनामा संलग्न रहेको आरोपमा सुलोचना देवी, निजका छोरी कल्पना र कल्पनाका छोरा अमन साहलाई पक्राउ गरी हिरासतमा राखेको छ । यता प्रहरी नियन्त्रणमै कल्पना अचानक बिरामी परेकाले उनलाई पनि अस्पतालमै भर्ना गरिएको प्रहरी निरीक्षक यादवले जानकारी दिए ।
‘घटनाबारे जानकारी पाउनबित्तिकै हामीले पहिल्यै पीडितलाई उद्धार गरी अस्पताल पु¥याईयो’, प्रहरी निरीक्षक यादवले भने, ‘आरोपीहरुलाई हिरासतमा लिईएको छ, घटनाबारे थप अनुसन्धान भईरहेको छ ।’
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/15 जनमुखीको २४ साधारण सभा सम्पन्न
- 2082/09/14 छोरालाई विषादी खुवाएर हत्या गरेको आरोपमा आमा पक्राउ
- 2082/09/14 चिसो बढेपछी विद्यालयमा बिदा
- 2082/09/14 ईन्डो– नेपाल क्रिकेटमा पाहुना टोलीलाई पराजित गर्दै सप्तरीको विजयी शुरुवात
- 2082/09/14 अग्निपीडित परिवारलाई राहत
- 2082/09/13 चिसो बढेपछी सप्तरीका दुई पालिकाको विद्यालय बन्द
- 2082/09/13 विष्णुपुर सप्तरीको चौथो बाल विवाहमुक्त पालिका
- 2082/09/13 दाउरा बाँड्दै नगरपालिका
- 2082/09/11 धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव
- 2082/09/11 ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ