News Category 2072/10/23
निर्दोषलाई नफसाउन प्रशासनलाई मोर्चाको आग्रह
दैनिक संवाददाता
राजविराज, २२ माघ ।
मधेशी मोर्चा सप्तरीले जिल्लाको प्रहरी चौकी झुटकीका असई रमेश सुब्बाको हत्यामा निर्दोषलाई फसाउन खोजेको प्रति प्रहरी प्रशासनलाई ध्यानाकर्षण गराएको छ ।
मोर्चाका संयोजक कपीलदेव यादवले शुक्रबार एक विज्ञप्ति जारि गर्दै असई सुब्बाको हत्याको जिम्मा जयकृष्ण गोईतले विभिन्न मिडिया मार्फत लिइसक्दा समेत प्रहरीले निर्दोषलाई फसाउन खोजेको आरोप लगाइएको छ ।
असई सुब्बाको हत्यामा संलग्न रहेको भन्दै प्रहरीले जिल्लाको झुटकी गाविस ७ का अशोक यादवलाई पक्राउ गरेको छ । जारि विज्ञप्तिमा प्रहरीले पक्राउ गरेका यादवलाई कुटपिट गरि जबरजस्ति बोल्न लगाई मोबाइलबाट सो कुराको रेकर्ड गरि प्रमाणको रुपमा पेश गरेको कार्यप्रति मोर्चाले घोर भत्र्सना गरेको छ ।
यस्तै विज्ञप्तिमा प्रहरी कर्मचारीकै हत्याको विषयमा बास्तविक अपराधिलाई उन्मुक्ति दिने र निर्दोष व्यक्तिलाई फसाउने गरि प्रहरी अनुसन्धानको नाटकले जिल्लाको शान्ति सुरक्षा एवं अपराध अनुसन्धानको कार्यलाई मधेशमा योजनाबद्ध ढंगबाट मधेशीलाई झुठा, मुद्दामा फसाउने कार्य विगतदेखी वर्तमानसम्म भइरहेको मोर्चाको ठम्याई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
- 2082/12/19 मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ