News Category 2072/11/01
बन्द खुलेपछि विद्युत महसुल बुझाउने र बुझ्ने भ्याई नभ्याई
दैनिक संवाददाता
राजविराज, २९ माघ ।
लामो बन्द पश्चात् बजार र सरकारी कार्यालय खुलेपछि अहिले सप्तरीका विभिन्न सरकारी कार्यालयहरुमा सेवाग्रहीहरुको भिड् लागेको छ ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले विगत ६ महिनादेखि जारि बन्द स्थगित गरेपछि सप्तरीसहित तराई मधेसका सम्पुर्ण सरकारी कार्यालयहरुमा अहिले सेवाग्रहीहरुको काम गर्ने गराउने भिड लागेको हो ।
विगत लामो समयदेखि मधेसमा जारी आन्दोलनका कारणले यहाँका हरेक निकायहरु प्रभावित बनेको अवस्थामा बिहिबारदेखि यहाँका सम्पुर्ण सरकारी कार्यालयहरु संचालनमा आएपछि सर्वसाधारणहरुलाई निकै राहत पाएका छन् ।
यता ६ महिनादेखी मधेश आन्दोलनका कारण बन्द रहेको नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा राजविराज वितरण केन्द्र बिहीबार खुलेपछि विद्युत महसुल बुझाउनेको ठूलै लाम लागेको छ ।
विद्युत प्रद्यिकरणका प्रमुख रामउदगार साहले बन्दको समय अवधी भर विद्युत महसुलमा लाग्ने जरिवाना छुट गर्ने व्यवस्था मिलाएको जानकारी दिनुभयो । उहाँले माघ २८ गतेदेखी ७ दिनसम्म बन्द अवधीको ६ महिना विद्युत महसुलमा रिवेट दिने निर्णय तथा ८ औं दिनदेखी २२ दिनसम्म जरिवाना नलिने व्यवस्था मिलाएको जानकारी दिनुभयो ।
अहिले विद्युत प्राधिकरण राजविराज वितरण शाखाले बिहान ८ः३० बजेदेखी बेलुका ५ बजेसम्म महसुल बुझ्ने व्यवस्ता मिलाएको छ । तर ग्राहकहरुले महसुल बुझाउन बिहान ६ बजेदेखी नै लाइनमा बस्ने गरेका छन् ।
प्रमुख साहले बन्दको अवधी ६ महिनामा करिब १० करोड रकम महसुल वापत असुल गर्न बाँकी रहेको जनाउँदै कार्यालय खुलेको पहिलो दिन करिब एक करोड रकम असुल भएको जानकारी दिनुभयो । यता मोर्चाले बन्द स्थगित गरेपछि विस्तारै विस्तारै आम सर्वसाधारणको जनजीवन सामान्य समेत बन्दै गएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
- 2082/12/19 मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ