News Category 2072/11/04
फागुन ९ देखी दादुरा रुबेला बिरुद्धको खोप खुवाउने
दैनिक संवाददाता
राजविराज, ३ फागुन ।
सन् २०१९ सम्म नेपालमा दादुरा रुबेला रोग नियन्त्रण गर्ने लक्ष्य रहेको हुँदा सप्तरीमा आगामी फागुन ९ देखी सो रोग बिरुद्ध अभियान संचालन हुने भएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले सोमबार राजविराजमा सो अभियानबारे संचारकर्मीहरुलाई जानकारी दिएको छ ।
अभियान बारे जानकारी दिँदै जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत बिजय झाले सो अभियान अन्तरगत मुलुकमा तेश्रो चरणको कार्यक्रम संचालन हुन गइरहेको भन्दै त्यसमा सम्पूर्ण जनताले सहयोग गर्ने अपेक्षा राख्नुभयो ।
उहाँले ९ महिनासम्मको बालबालिकाले दादुरा खोप लिने र ९ महिनादेखी ५ वर्षका बालबालिकाहरुले दादुरा र रुवेला दुबै खोप लगाउन सक्ने बताउनुभयो । उहाँले अभियानलाई सफल पार्न जिल्लाको राजविराज, हनुमाननगर, भारदह, कल्याणपुर र बोदेबर्साइनमा ¥याली समेत निकालिने जानकारी दिनुभयो ।
अभियानमा १ लाख ३ हजार बालबालिकालाई दादुरा र रुबेलाको खोप र १ लाख १६ हजार बालबालिकालाई पोलियो थोपा खुवाउने लक्ष्य रहेको जानकारी दिनुभयो । जसमा जिल्लाभरि ५ सय १७ स्वास्थ्यकर्मी तथा १ हजार ७८ जना स्वमसेविकाहरु खटाइने बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ