News Category 2072/11/05
आन्दोलन अवधीभरका कर, ब्याज र जरिवाना मिनाहा हुने
दैनिक संवाददाता
राजविराज, ४ फागुन ।
मधेश आन्दोलन अवधीभरको कर, ब्याज र जरिवाना मिनाहाका लागि सप्तरीका सम्पूर्ण कार्यालय प्रमुखले आ–आफ्नो विभागमा लेखी पठाउने निर्णय भएको छ ।
मधेशी मोर्चाका नेताहरुले आन्दोलन अवधीभरको कर, ब्याज र जरिवाना मिनाहा नगरिए आन्दोलन गर्ने बताइरहेको अवस्थामा कार्यालय प्रमुखहरुले यसका लागि तत्परता देखाएका छन् ।
६ महिनाको आन्दोलनपछिको जारी अवस्थालाई अझै सहज बनाउने उद्देश्यले प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले मंगलबार आफ्नै निवासमा आयोजना गरेको बैठकमा मोर्चा नेताहरुले कर र जरिवाना मिनाहा नगरिए आन्दोलन गर्ने चेतावनी दिएका थिए ।
कार्यालय प्रमुखहरुको समेत सहभागिता रहेको बैठकमा प्रमुखहरुले यसबारेमा आ–आफ्नो विभागमा लेखी पठाउन प्रतिबद्धता जनाएका छन् । यो सवाल नीतिगत रुपमा निर्णय नै गरिएको छ, संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य शैलेन्द्र साहले भन्नुभयो, “यदी यो नगरिए हामी सशक्त आन्दोलनमा उत्रनेछौं ।”
प्रमुख जिल्ला अधिकारी भट्टले पनि आन्दोलन अवधीभरको कर र जरिवाना मिनाहाका लागि विभागहरुमा पठाउने निर्णय भएको बताउनुभयो । उहाँले जनजीवनलाई अझ सहज बनाउन मोर्चाले पनि सहयोग गर्ने विश्वास व्यक्त गर्दै विकास निर्माण र आपूर्तीलाई सहज बनाउन संयुक्त अनुगमन गर्ने र हरेक किसिमको सेवालाई प्रभावकारी बनाउने निर्णय पनि भएको बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ