News Category 2072/11/05
जानकारी बिना बैदेशिक रोजगारीका लागि गएका ५३ जनालाई क्षतिपूर्ति दिलाउन सफल
दैनिक संवाददाता
राजविराज, ४ फागुन ।
सप्तरीबाट बिदेशिनेहरुको संख्यामा हरेक वर्ष बढ्दै गएको छ । तर, बैदेशिक रोजगारका लागि जानु पूर्व आवश्यक जानकारी नलिइकन जानेहरुको संख्या पनि उल्लेख्यीय रहेको छ । जसकारण बिदेश गएर अनावश्यक दुःख समेत पाएको सुन्ने गरिन्छ ।
आर्थिक वर्ष २०७१÷७२ मा वैदेशिक रोजगारमा जानको लागि २३ हजार ५ सय ४३ जनाले पासपोर्ट बनाउनको लागि आवेदन दिएको पाईन्छ । जस मध्ये १३ हजार ५ सय ६७ जना पुरुष र २५ जना महिला वैदेशिक रहेका छन् ।
सुरक्षित आप्रवासन परियोजनाले कुनै परामर्श नलिइकन् आफूखुशी सप्तरीबाट बैदेशिक रोजगारका लागि विभिन्न मुलुकमा गएकाहरु मध्येबाट दुःख पाएका ५३ जनालाई स्थानिय स्तरबाट क्षतिपूर्ति उपलब्ध गराइएको छ । क्षतिपूर्ती वापत ५३ जनाले ३४ लाख ९८ हजार रकम पाएका छन् ।
सम्भावित आप्रवासी कामदार तथा तिनका परिवारहरुको लागी वैदेशिक रोजगार तर्फ बदि सुरक्षित तथा लाभदायक बनाउन परियोजनाले लक्ष्य लिएको नेपालका परियोजना संयोजक अशोक कुमार साहले बताउनुभयो ।
यसैबीच सुरक्षित वैदेशिक रोजगार सम्बन्धि जिल्लाका पत्रकारहरुस‘‘ग मंगलबार राजविराजमा एक दिने अन्तक्रृया कार्यक्रम समेत गरिएको छ । सामी÷हेल्भेटास स्विसइन्टर कोअपरेशन नेपालको सहयोगमा सबल नेपालद्वारा संचालित बिद्यालय तथा आमसंचार कार्यक्रम सम्पन्न गरिएको हो ।
सोही अन्तरक्रियामा सकेसम्म स्वदेशमै रोजगारी गरौ, बिदेश जाने नै भए सिप सिकेर सुचना लिएर मात्र जाऔ भन्ने मुल नाराका साथ सुरक्षित आप्रवासन परियोजनाले वैदेशिक रोजगारमा जाने युवा तथा युवतीले सबै करा बुझेर मात्र वैदेशिक रोजगारमा जानुपर्नेमा जिल्ला परियोजना संयोजक देब नारायण चौधरी बताउनुभयो ।
सोही कार्यक्रममा संचारकर्मीहरुले वैदेशिक रोजगारमा जाने ब्यतिहरुलाई गाउ‘मा सुचनामा पहु‘च तथा फ्रि भिसा, फ्रि टिकटलाई अभm प्रभावकारी बनाउन प्रचार प्रसारमा जोड दिनु पर्नेमा सुझाव दिएका छन । उक्त अन्तरकृया कार्यक्रममा जिल्लाका ३० जना बिभिन्न संचार माध्यममा आबद्ध संचारकर्मीहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा सामी÷हेल्भेटास नेपालका जिल्ला परियोजना संयोजक देब नारायण चौधरी, सवल नेपालका परियोजना संयोजक अशोक कुमार साह, सुचना केन्द्रका परियोजना संयोजक भुवनेश्वर साह तथा सवल नेपालका कार्यक्रम अधिकृत चन्दन कुमार यादवले सहजिकरण गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/25 कार्यवाहक मेयर र निलम्बित मेयर आमने सामने राजविराज नगरपालिकामा कर्मचारीको धर्ना र निलम्बित मेयरको तालाबन्दी
- 2082/02/24 अस्पतालबाट स्वास्थ्य विमाको लाभ पाउँदैनन् बिरामी
- 2082/02/24 संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
- 2082/02/24 आम संचार प्राधिकरणका नवनियुक्त सदस्य गुप्ता युनियन सप्तरीद्वारा सम्मानित
- 2082/02/23 प्रशासकीय र योजना अधिकृतलाई कारवाहीसहित विभिन्न ११ बुदे माग राख्दै कर्मचारी आन्दोलनमा
- 2082/02/23 परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको ट्याक्टरको ठक्करबाट मृत्यु
- 2082/02/23 वेपत्ता दुई मध्ये एक प्रहरीको शव फेला
- 2082/02/23 विद्यालयका छात्राहरुलाई व्याग वितरण
- 2082/02/23 अनुमति बिना संचालनमा रहेका दुई निजि विद्यालय बन्द
- 2082/02/23 डाकाको प्रतिकारमा उत्रिएका कन्तलालको गोलीका साथै घरेलु हतियार प्रयोग गरि हत्या, भाई गम्भिर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ